शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राम कृष्ण ढकालको “नजिक आउनुमा” टुबोर्ग ओपन सेसन्स् २ मा

मङ्गलबार, १७ मङ्सिर २०७६, ११ : ५४
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौं– लोकप्रिय गायक राम कृष्ण ढकालको “नजिक आउनुमा” टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ  ।  

च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।

राम कृष्ण ढकाल निकै प्रतिभाशाली व्यक्तित्व हुन् । उनी निकै प्रचलित गायक, अभिनेता साथै लोकप्रिय पनि हुन् ।  ढकालले आफ्नो लामो सांगीतिक यात्रामा हालसम्म करिब ५००० बढी मौलिक गीतहरु गाएका छन् । 

सन् २०५५ सालमा प्रबल गोर्खा दक्षिण बाहु द्वारा सम्मानित हुने सबै भन्दा सानो उमेरको उनी थिए । आफ्नो परिवारमा कुनै सांगीतिक पृष्ठभूमि नभएका ढकालले स्वर सम्राट, नारायण गोपालको लोकप्रिय गीतहरु गाउन थाली आफ्नो सांगीतिक यात्रा सुरु गरे । करिब ३ दशक देखिको निरन्तर मेहेनत र धैर्यताका साथ ढकालले आफ्नो नाम नेपाली आधुनिक संगीतको इतिहासमा लेख्न सफल भएका छन् । 

नेपाली संगीत बजारमा हिट रहेका उनका सबै एल्बमहरुले स्रोताहरुलाई एकै समयमा मुस्कुराउने र रुवाएको छ । आफ्नो संगीतको जादु विश्वभर प्रस्तुत गरेका ढकालले टुबोर्ग ओपन सेसन्स्को मञ्चमा उनको हिट “नजिक आउनुमा” प्रस्तुत गरेका छन् ।  

टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ ।। टुबोर्ग ओपन सेसन्स् सिजन १ मा ५१ वटा गीतहरु च्यानल आरबिट्ररी मार्पmत युट्युबमा अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।

टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मदत गरेको छ । पुराना साथै नयाँ कलाकारहरुलाई आफ्नो संगीत विश्वव्यापी रुपमै धेरै दर्शकहरुमाझ पुर्‍याउने मञ्चको निर्माण गर्न टुबोर्ग सफल भएको छ ।

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप