शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङ दुर्घटनामा घाइतेहरुको उद्धारका लागि अझै उडेन हेलिकोप्टर

मङ्गलबार, १७ मङ्सिर २०७६, १२ : ४६
मङ्गलबार, १७ मङ्सिर २०७६

बागलुङको बुर्तिवाङमा भएको जिप दुर्घटनामा घाइते भएकाहरुलाई उद्धारका लागि जाने भएको हेलिकप्टर अझै उड्न सकेको छैन । 

गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरबाट घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याउने भनेपनि समन्वयको अभावका कारण सेनाको हेलिकप्टर अपरान्ह १२ः३० सम्म पनि उडेको छैन । 

पहिले घाइतेहरुको सङ्ख्या धेरै भएको भन्दै एमआई १७ हेलिकप्टर पठाउने तयारी गरिएको र पछि घाइते जम्मा ३ जनामात्रै रहेको भन्ने सूचना आएकाले अर्को हेलिकप्टर उडाउनु पर्ने भएकाले ढिलो भएको हो । 

प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र नेपाली सेनाबीच समन्वयको अभावमा घाइतेहरुको उद्धारका लागि समयमै हेलिकप्टर उड्न नसकेको हो । 

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार अबको ५ देखि १० मिनेटमा हेलिकप्टर पठाउने तयारी भइरहेको छ । अब नेपाली सेनाले १२ जना अट्ने एएनएक्स हेलिकप्टर पठाउने तयारी गरेको छ ।

दुर्घटनास्थल जिल्ला सदरमुकाम बागलुङबाट १ सय किलोमिटर टाडा बुर्तिवाङ हो । घाइतेलाई सदरमुकाम ल्याउन ३ घण्टा लाग्ने भएकाले सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याउने तयारी भइरहेको छ । 

दुर्घटनामा चालक, एक महिला र एक बालक घाइते भएको प्रहरीले जनाएको छ । 

१८ जना सवार जिप बडिगाड खोलामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जना अझै हराइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप