शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउडका बादशाह हुन् यी इन्जिनियर, अभिनयमा आए र छाए

मङ्गलबार, १७ मङ्सिर २०७६, १३ : २२
मङ्गलबार, १७ मङ्सिर २०७६

बलिउडमा आजकाल इन्जिनियरको दबदबा छ । विभिन्न हिट फिल्मका उपाधि उनीहरुको पोल्टोमा परिसकेको छ । पढाईमा अब्बल यी सेलिब्रिटीले आज बलिउडको चकाचौंधमा रमाएर  आफ्नो इन्जिनियर बन्ने सपनालाई किनारा लगाइदिएका छन् । यहाँ यस्ता ती सेलिब्रिटीबारे कुरा गर्दैछौं जो बलिउडमा नआएका भए सायद इन्जिनियरिङमा आफ्नो करियर बनाउथे ।

कृति सेननः

कृति सेननले jaypee नोएडाबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा इन्जिनियरिङ गरेकी छिन् । फिल्म बरेली बर्फीमा आफ्नो अभिनयको लागि ख्याती कमाएकी यी नायिका आजकाल बलिउडमा छाएकी छिन् । फिल्म हिरोपन्तीबाट आफ्नो करियरको सुरुवात गर्ने कृति पनि बलिउडमा आउनु अघि इन्जिनियर बन्ने सपना देख्थिन् ।

कार्तिक आर्यनः

कार्तिक आर्यन प्यारका पंचनामा फिल्मको दुबै सिक्वेलमा देखिए र त्यसपछि उनी बलिउडमा नै छाइरहेका छन् । मुम्बईबाट बायो टेक्नोलोजीमा इन्जिनियरिङ गर्ने यी स्टार बलिउडमा अचानक आए र छाए ।

अमिषा पटेलः

ऋतिक रोशनसँग पहिलो पटक फिल्म ‘कहो न प्यार हे’ बाट इन्ट्रि गरेर अमिषा पटेलले हमराज र बोर्डरजस्ता हिट फिल्ममा काम गरेकी छिन् । गुजरातकी अमिषाले Tufts University, Massachusetts बाट इकोनोमिक्सबाट पोस्ट ग्रेजुएशन गरेकी छिन् । उनी गोल्ड मेडलिस्ट पनि हुन् । अमिषाले बायोजेनेटिक इन्जिनियरिंग पनि गरेकी छिन् । यदि उनी बलिउडमा नभएको भए उनी एक अब्बल इन्जिनियर हुनेमा कुनै शंका छैन ।

आर माधवनः

बलिउडमा आउनुअघि आर माधवनले आइआइटी मद्रासबाट टेक्निकल इन्जिनियरिङमा बिटेक गरेका थिए । उनले क्यानडाबाट स्कलरशीप प्रोग्राम पनि गरे । त्यसपछि बलिउडमा आएर उनले यसैमा आफूलाई स्थापित गरे ।

रितेश देशमुखः

बलिउड नायक रितेश देशमुखको अभिनयलाई पनि धेरैले मन पराए । रितेशले आर्किटेक्ट इन्जिनियरिंग गरेका छन् । पढ्न लेख्नमा अब्बल रितेशको सपना अभिनयमा आउनु थियो । उनी बलिउडसँग बाल्यकालदेखि नै प्रभावित थिए ।  

सोनू सूदः

यशवंतराव चवन कलेज अफ इन्जिनियरिंग नागपुरबाट इलेक्ट्रोनिक्सको पढाई गर्ने नायक, मोडल, निर्माता सोनू सूदले बलिउडमा एक पहिचान बनाइसकेका छन् । पढाईसँगै मोडलिङमा आएका सोनूले कुनैबेला इन्जिनियर बन्ने सपना देखेका थिए ।

सुशान्त सिंह राजपूतः

अल इन्डिया इन्जिनियरिंग इन्ट्रान्स एग्जाममा सातौं श्रेणी हाँसिल गर्ने सुशान्त सिंह राजपूतले दिल्ली टेक्निकल युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिङ गरेका छन् । उनी वाल्यकालदेखि नै पढ्नमा अब्बल थिए । तर बलिउडमा आउने सपनाको अगाडि उनको इन्जिनियर बन्ने सपना सानो भयो । काइ पो चे र एमएस धोनीजस्ता फिल्ममा उनको अभिनयको निकै प्रशंसा गरिएको छ ।

तापसी पन्नुः

कम्प्युटर साइन्स इन्जिनियर तापसी पन्नू बलिउडको चर्चित नाम हो । अमिताभ बच्चनसँग फिल्म पिंकमा देखिएकी तापसी पन्नू लगातार एकपछि अर्को हिट फिल्म दिइरहेकी छिन् ।

विकी कौशलः

विकी कौशलले इलेक्ट्रोनिक्स र टेली कम्युनिकेशन इन्जिनियरिंग गरेका छन् । फिल्म मसानबाट बलिउडमा एन्ट्री गरेर विकी कौशल लगातार अघि बढिरहेका छन् । कुनै बेला इन्जिनियर बनेर आफ्नो परिवारको सपना पूरा गर्न चाहन्थे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप