शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायपरिषद बैठक: १२ जिल्लामा न्यायाधीश हेरफेर

मङ्गलबार, १७ मङ्सिर २०७६, १९ : २०
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौं । न्यायपरिषद् बैठकले ७ जिल्लामा न्यायाधीश सिफारिस गरेको छ ।  मंगलबार बसेको परिषद बैठकले भोजपुर, रूकुम, सोलुखुम्बु, डोल्पा, झापा, बाँके र सप्तरी जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो । परिषदका अनुसार भोजपुरमा गेहेन्द्रराज पन्त, रुकुममा विद्याराज पौडेल, सोलुखुम्बुमा महेन्द्रराज काफ्ले, डोल्पामा टेकराज जोशी, झापामा इन्दिरा शर्मा, बाँकेमा मनकुमारी जिएम र सप्तरीमा रिताकुमारी बख्रेल सिफारिस भएका छन् ।

पन्त उच्च अदालत तुल्सीपुरस्थित बुटवल इजलासका रजिष्ट्रार हुन् भने पौडेल सर्वोच्च अदालतका उपरजिष्ट्रार हुन् । काफ्ले पनि सर्वोच्च अदालतका उपरजिष्ट्रार हुन् । जोशी उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार हुन् भने शर्मा सर्वोच अदालतकी उपरजिष्ट्रार हुन् । 
विक पनि सर्वोच्च अदालतकी उप रजिष्ट्रार  हुन् भने बख्रेल पनि सर्वोच्चकै उप रजिष्ट्रार हुन् । 

न्यायाधीश सरुवा
त्यस्तै ५ जिल्लामा न्यायाधीश सरुवा भएका छन् । जसअनुसार खिलराज रेग्मी (बारा),  अमृतबहादुर बस्नेत(झापा), अम्बिकाप्रसाद निरौला (काठमाडौं), तेजबहादुर खड्का (मोरङ), आत्मदेव जोशी (धादिङ) सरुवा भएका भएका हुन् ।

रेग्मी भोजपुर जिल्ला अदालतमा कार्यरत थिए भने बस्नेत सोलखुम्बु जिल्ला अदालतमा कार्यरत थिए । निरौला नवलपुर जिल्ला अदालतमा कार्यरत थिए भने  खड्का दोलखा जिल्ला अदालतमा कार्यरत थिए । त्यस्तै जोशी रुकुम जिल्ला अदालतमा कार्यरत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप