शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहल जरुरीः प्रचण्ड

मङ्गलबार, १७ मङ्सिर २०७६, १८ : ४७
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले  बाग्लुङको बडीगाड गाउँपालिका–७ भिमगिठे नजिकै भएको सवारी दुर्घटनामा परी १४ जनाको निधन भएको प्रति दुःख व्यक्त गरेका छन् । 

प्रचण्डले उक्त दुर्घटनामा निधन भएकाहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । साथै प्रचण्डले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । 

प्रचण्डले बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी रहेको बताएका छन् । 

‘देशका विभिन्न भागमा हुने यस प्रकारका सवारी दुर्घटनाहरु नेपाली सडकको दूरावस्था, पुराना सवारी साधनको प्रयोग र सवारी सञ्चालनमा देखिएको हेलचेक्राइ समेतका कारण हुँदै आएका छन् । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न आवश्यक पहलका लागि सम्बन्धित क्षेत्रको विशेष ध्यान जान जरुरी छ’, प्रचण्डले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

सो दुर्घटनामा अन्य एक जना खोलाले बगाएर बेपत्ता हुनुका साथै तीन जना गम्भीर घाइते पनि भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप