शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओयोको बोर्डमा आदित्य घोष, दिगो विश्वव्यापी विकासको प्रतिबद्धता

मङ्गलबार, १७ मङ्सिर २०७६, १९ : १५
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौं– ओयो होटेल्स एण्ड होम्स, होटेल्स तथा भ्याकेशन घरहरुको विश्वव्यापक एक अग्रणी श्रृंखलाले आज भारत तथा दक्षिण एशियाको होटेल्स र आवास व्यवसायका हालका सिईओ आदित्य घोषलाई कम्पनीको बोर्ड अफ डिरेक्टरमा बढुवा गरेको घोषणा गरेको छ । 

आदित्यले ओयो होटेल्स एण्ड होम्सका संस्थापक तथा ग्रुप सिईओ रितेश अग्रवाल, बाजा कर्पोरेशनका संस्थापक तथा सिईओ बेट्सी एटकिन्स र अन्य उद्योग विशेषज्ञहरु जस्तै मुनिष वर्मा, प्रबन्ध पार्टनर, सफ्ट बैंक भिजन फण्ड, बेजुल सौम्या, पार्टनर, लाइटस्पीड इन्डिया पार्टनर एडभाइजर, मोहित भटनागर, प्रबन्ध निर्देशक, सिकोया क्यापिटल इन्डिया एडभाइजर र अन्यहरुको बीचमा शक्तिशाली, विविध र वास्तवमै विश्वव्यापी संयोजन बनाउनेछन् ।

ओयोले निरन्तर संस्थागत सुशासनलाई सुद्दढ पार्न लगानी गरिरहेको छ । याहु र इबेमा यसअघि लगानी गरेसकेका बेट्सी एटकिन्स्लाई हालै स्वतन्त्र निर्देशक र सफलतापूर्वक सार्वजनिक कम्पनीहरु संचालनमा अनुभवि आदित्यलाई बोर्डमा नियुक्त गरेर कम्पनीलाई निकै लाभ हुनेछ । आदित्यको कम्पनीमा एक वर्षको सफल कार्यकाल पश्चात बोर्ड सदस्यहरुको बलियो समुहमा बढुवा गरिएको हो ।

 यो अन्तरालमा उनले भारत तथा दक्षिण एशियाका होटेल्स तथा घर व्यवसायलाई उचाईमा पुर्याएका छन् ,साथै कार्यसंचालन र ग्राहकहरुको अनुभवलाई सुद्दढ पार्न विभिन्न कार्यक्रमहरु कार्यान्वयन गरेर छोटो समयमै होटेल मालिकहरुको सुमदायलाई ५५००+ बाट १८०००+ पुर्र्याएर दुई गुणा भन्दा बढिले वृद्धि गराएका छन् । 

बोर्डमा आफ्नो नयाँ भूमिकामा आदित्यले सुशासन र नेतृत्वलाई मजबुत बनाउनेछन् किनकि ओयो वास्तवमै एक उच्च प्रदर्शन गर्ने कम्पनीको रुपमा विकसित भइसकेको छ र ग्राहक, सम्पति मालिक, लगानीकर्ता र कर्मचारीहरुले उच्च प्रतिफलको अपेक्षा गरिरहेका छन् । आदित्य मुख्य ५ क्षेत्रहरु जस्तै निर्भयता र सुरक्षा, ग्राहक अनुभव, संस्थागत सुशासन, आय–व्यवस्थापन र सरोकारवालाको सञ्चारमा केन्द्रित रहनेछन् ।

ओयोका संस्थापक तथा समुह कार्यकारी निर्देशक रितेश अग्रवालले भने, ‘आदित्यको कडा व्यवसायीक कौशल, समस्या समाधान गर्ने क्षमता, शक्तिशाली संस्थागत सुशासन भएको संगठन निर्माण गर्ने चाहना र विविधता र समावेशीकरण सिद्धान्तहरुमा आधारित उच्च प्रदर्शन गर्ने कार्य संस्कृतिले गर्दा उनी विश्वव्यापी स्तरको ठुलो र रणनीतिक भूमिका लागि उत्तम छनोट हुन । म विश्वस्त छु कि यो निर्णयले ओयोलाई विश्वव्यापीरुपमा आफ्ना लक्ष्यहरु हासिल गर्न मद्दत गर्नेछ ।’ 

नवनियुक्त बोर्ड सदस्य आदित्य घोषले भने, ‘ओयोलाई तीव्र वृद्धि हुने मात्र नभएर उचित तरिकाले वृद्धि हुने ग्लोबल ब्राण्डको रुपमा अगाडि बढाउन मलाई शानदार समुहमा आमन्त्रित गर्नुभएकोमा बोर्डप्रति आभारी छु । तपाईंले मलाई विगतका वर्षमा पनि यो दोहोर्र्याएको सुन्नुभएको हुन सक्छ कि, ओयोको ठुलो विशेषता भनेकै हामीले भारतबाट वास्तविक ग्लोबल ब्राण्ड सृजना गर्ने पाउने अवसर हो –जुन विश्वभर हजारौं कर्मचारीहरुको जीवनमा सकारात्मक प्रभाव पार्दै, लाखौं आर्थिक अवसरहरु सृजना गर्दै , लाखौं अतिथिहरुको आतिथ्य अनुभवलाई आनन्दमय बनाउदैं विश्वभर पहिचान र मान्यता प्राप्त गर्नेछ ।

यी सबै र अझ बढि अवसरहरु हुन र हामीले संस्थागत सुशासनको नयाँ मापदण्ड कायम गर्ने र मुनाफाको स्प्रष्ट मार्गमा दिगो व्यवसाय निर्माण गर्ने लक्ष्य राखेका छौं । त्यसकारण म ठुलो भूमिका निर्वाह गर्न सार्वजनिक कम्पनी सफलतापूर्वक संचालन गर्ने र दिगो विकासमा उच्च मापदण्डहरु समर्थन गर्ने मेरो अनुभव उपयोग गर्न निकै उत्साहित छु ।’

२०,०००ं ओयोप्रेनर को क्षमता भएको बलियो संगठनलाई विश्वभर प्रभाव पार्न, लक्ष्य हासिल गर्न र ओयो बोर्डको हिस्सा रहेका विभिन्न उद्योगका तिक्षण दिमाग भएकाहरुसँग काम गर्न, कम्पनीलाई मार्गदर्शन गर्न र कम्पनी मुल्य र सरोकारवालहरु प्रतिको वाचालाई पुरा गर्न सक्रिय रुपमा प्रभाव पार्ने उनले बताए ।

ओयोले हाल नयाँ रियल स्टेट बिजनेसको सिइओ रोहित कपुरलाई समग्र भारत र दक्षिण एशियाको सिईओमा नियुक्त गरेको घोषणा गरेको छ । पछिल्लो वर्षमा रोहितले ओयो लाइफ–ब्राण्डको दीर्घकालिन रेन्टल हाउजिंग पोर्टफोलियोको साथ साथै भारतमा अन्य नयाँ रियल स्टेट बिजनेसको निरीक्षण गरिरहेका छन् । रोहितले अब भारत तथा दक्षिण एशियाका ५०० + शहरहरुमा १८००० + होटेल्स विस्तार गर्नेछन् ।

ओयोका सिइओ रोहित कपुरले यो ठुलो अवसरको साथ साथै एउटा नम्र जिम्मेवारी पनि भएको बताए । उनले भने, ‘म प्रति देखाएको विश्वास र भरोसाका लागि रितेश र आदित्यलाई धन्यवाद प्रकट गर्न चहान्छु । भारत र दक्षिण एशियाको होटेल व्यवसायको प्रभावशाली प्रदर्शनलाई ध्यानमा राख्दै म सँग धेरै ठुलो जिम्मेवारी पनि छ । म आफ्नो तर्फबाट सक्दो राम्रो गर्नेछु र यस प्रक्रियामा आदित्यले मरो मागदर्शक बन्ने वचन दिएका छन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप