केन्द्रीय संस्करण

ब्रिटिस ब्राण्ड ‘एमजी जेडएस’ इलेक्ट्रिक गाडीका लागि युरोपमा तीन हजार भन्दा बढि अर्डर, नेपालमा पनि एक सय ५० थान बुकिङ्ग

person explore access_timeमंसिर १७, २०७६ chat_bubble_outline0

काठमाडौं– ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड एमजी (मोरिस ग्यारेज) को युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । 

एसएआईसी मोटर्सले एमजी जेडएस इभीका लागि युरोपबाट तीन हजार अर्डर प्राप्त गरेको छ । पाँच सय थान एमजी जेडएस यही महिनामा नेदरल्याण्ड र नर्वेमा निर्यता गरिनेछ । यो गाडीले युके, नेदरल्याण्ड र नर्वेमा सार्वजनिक भएदेखिनै सकरात्मक प्रतिक्रिया प्राप्त गर्याे र तीन वटा देशबाट तीन हजार भन्दा बढि अर्डरहरु प्राप्त गरिसकेको छ । 

त्यस्तै नेपालबाट पनि यो गाडीले निकै उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । पारामाउन्ट मोटर्स नेपालका लागि एमजी गाडीको अधिकृत आयातक र वितरकले गत जुलाई महिनामा नयाँ इलेक्ट्रिक एसयूभी एमजी जेडएसका लागि शुरुवाती मुल्य ४९ लाख ९९ हजारमा प्रि–बुकिङ्ग खुलाएको थियो । अहिलेसम्म कम्पनीले एमजी जेडएस इभीका लागि एक सय ५० थान भन्दा बढि बुकिङ्ग प्राप्त गरिसकेको छ । 

एमजीले लन्डन, सिलिकन भ्याली, टेल अभिभमा रिसर्च एण्ड डेभलप्मेन्ट सेट गरेर थाइल्याण्ड, इन्डोनेशिया र भारतमा सवारी साधन निर्माण स्थापना गरेर ९३ वटा ओभरसि अर्टो पार्ट निर्माण गरेर विश्वभर पूर्ण अटो उद्योग संञ्जाल स्थापना गरेको छ । एमजीका उत्पादनहरु विश्वभरका ६० भन्दा बढि देशहरुमा बिक्री हुन्छ ।

यो नयाँ एसयूभीमा सुरक्षालाई सुनिश्चित गर्दै छ वटा एयरब्याग छ साथै प्रिमियम प्यानारोमिक सनरुफ र आरमदायीक इलेक्ट्रिकल समायोज्य सिटजस्ता विशेषताहरु रहेको छ । यसबाहेक यो गाडीमा तीन वटा ड्राइिभिङ मोडहरु रहेको छ जसमा चालकहरुले आफुलाई मनपर्ने ढंगबाट गाडी चलाउन सक्छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...