शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोश्रो  दिन बंगलादेशलाई तीन स्वर्ण

मङ्गलबार, १७ मङ्सिर २०७६, २१ : ३३
मङ्गलबार, १७ मङ्सिर २०७६

१३ औ साग खेलकुद अन्तरगत मंगलबार भएका करातेका ६ स्पर्धामा बंगलादेशले तीन स्वर्ण पदक जितेको छ । नेपालले दुइ तथा पाकिस्तानले एक स्वर्ण पदक जिते ।

पुरुष ६० किलो तौल समुहको फाइनलमा पाकिस्तानका इक्वाल जाफरलाई ७ –३ ले हराउदै बंगलादेशका मोहम्मद अलामिन अस्मिनले स्वर्ण पदक जिते । सो स्पर्धामा नेपालका राजिव पुडासैनी र श्रीलंकाका विक्रम मुणाले काश्य पदक जिते । महिलाको ५५ किलो तौल समुहमा पाकिस्तानकी कुसुम सानालाई  ५ –४ ले हराउदै बंगलादेशकी मोहम्मद अख्तर प्रीयाले स्वर्ण पदक जितिन् । सो स्पर्धामा नेपालकी मनीषा चौधरी र श्रीलंकाकी मुकादम बसमले काश्य पदक जिते । महिलाको ६१ किलो तौल समुहमा नेपालकी अनु गुरुङलाई ५ –२ ले हराउदै बंगलादेशकी हुमारा अख्तरले स्वर्ण पदक जितिन् । सो स्पर्धामा पाकिस्तानकी गुल नाज र श्रीलंकाकी जयकोडे अर्चांगेले काश्य पदक जिते ।

पुरुष ६७ किलो तौल समुहमा पाकिस्तानका अहमद नासेरलाई ८ –६ ले हराउदै नेपालका नविन रसाइलीले स्वर्ण पदक जिते । पाकिस्तानका मोहम्मद फरदुस र श्रीलंकाका फ्रान्सेस्को हटेगुले काश्य पदक जिते । नेपालकी सुनिता मर्हजनले ६८ किलो तौल समुहमा पाकिस्तानकी कुलसुमलाई ८ –२ ले हराउदै स्वर्ण पदक जितिन् । ७५ किलो तौल समुहको फाइनलमा नेपालका गंगाराम कशहवारलाई ८ –० ले हराउदै पाकिस्तानका गुलाम अब्बबास सादिलले स्वर्ण जिते । सो स्पर्धामा श्रीलंकाका बन्डारीग्डे कसुन र भुटानका सेराब वान्चुकले काश्य पदक जिते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप