शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको नेतृत्वमा सचिवालय बैठक सुरु

बुधबार, १८ मङ्सिर २०७६, ०९ : ५३
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

औपचारिक रुपमा पार्टीको कार्यकारी भूमिका पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पहिलो पटक सचिवालय बैठक बसेको हो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सचिवालयका ६ सदस्य सहभागी छन् ।

सचिवालयका ९ सदस्यमध्ये पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ अस्पताल भर्ना भएका कारण बैठकमा अनुपस्थित रहेका हुन् । बैठकमा सचिवालय सदस्यद्वय झलनाथ खनाल र ईश्वर पोखरेल पनि अनुपस्थित छन् । वरिष्ठ नेता खनाल राजधानी बाहिर रहेका कारण बैठकमा अनुपस्थित रहे पनि उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल सहभागी नहुनुको कारण खुल्न सकेको छैन ।

बैठकमा उपनिर्वाचन परिणामको समीक्षा लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । बैठकको सुरुमै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बैठकलाई जानकारी गराएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप