शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हस्तकला मैत्री बन्यो नबिल बैंक, हस्तकला क्षेत्रको प्रबर्धनमा सहयोग गर्ने

बुधबार, १८ मङ्सिर २०७६, ११ : ३७
बुधबार, १८ मङ्सिर २०७६

काठमाडौं– १७ औं हस्तकला ट्रेड फेयर तथा १५ औं क्राफ्ट प्रतियोगिताको अवसरमा नबिल बैंक र नेपाल हस्तकला महासंघ बीच सम्झौता भएको छ । 

हस्तकला ट्रेड फेयरको उद्घाटन समारोहमा नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतासंगै नबिल बैंकले देशको हस्तकला क्षेत्रको प्रबर्धन र संरक्षणको लागि सदा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्तकला क्षेत्रको संरक्षण र उन्नतीको लागी नबिल बैंक सधैं तत्पर रहने बताएका थिए । उनले हस्तकला क्षेत्रको उत्थानका लागी नेपाल हस्तकला महासंघसंग सहकार्य गर्न पाउंदा निकै खुशी लागेको र यो सहकार्यले हस्तकला क्षेत्रमा आबद्ध भएका व्यक्तिगत तथा व्यवसायहरुलाई लाभ हुने विस्वास व्यक्त गरे ।

नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यले नेपाल हस्तकला महासंघले नबिल बैंकलाई हस्तकला मैत्री बैंक २०७५/७६ घोषणा गर्न पाउंदा खुशी लागेको बताउंदै निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा खुशी व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप