शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो दिनमा नै वेस्ट इन्जिडको लज्जास्पद पराजय

आइतबार, ०४ भदौ २०७४, १० : ०५
आइतबार, ०४ भदौ २०७४

एजबास्टन । इंग्ल्याण्डले तेस्रो दिनको खेलमा १९ विकेट लिएपछि वेस्ट इन्डिजलाई पहिलो टेस्टमा एक इनिङ र २०९ रनको विशाल अन्तरले पराजित गरेको छ ।

वेस्ट इन्डिजले एकै दिनमा १९ विकेट गुमाएको यो पहिलो अवसर हो । यसअघि सन् १९३३ मा ओभलमा भएको खेलमा इंग्ल्याण्डविरुद्ध नै टोलीले १८ विकेट गुमाएको थियो ।

इंग्ल्याण्डले प्रस्तुत गरेको ५१४–८ रनको विशाल योगफल पछ्याउने क्रममा वेस्ट इन्डिजले तेस्रो दिनको खेल १ विकेटको क्षतिमा ४४ रनको स्थितिबाट शुरुवात गरेको थियो । तर, वेस्ट इन्डिज १६८ र १३७ रनमा समेटिनपुग्यो ।

पहिलो इनिङमा जेम्स एन्डरसनले ३ तथा दोस्रो इनिङमा स्टुवार्ट बोर्डले ३ विकेट लिएपछि वेस्ट इन्डिजको पारी धरासयी बनेको थियो ।

रनको मामिलामा वेस्ट इन्डिजविरुद्ध इंग्ल्याण्डको तेस्रो ठूलो जित हो भने वेस्ट इन्डिजको छैटौँ ठूलो पराजय हो ।

जीतसँगै तीन खेलको श्रृंखलामा इंग्ल्याण्डले १–० को अग्रता बनाएको छ । 

खेलमा दोहोरो शतक बनाएका एलिस्टर कुक प्लेयर अफ द म्याच चुनिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप