बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गढिमाई मेलामा दुधेबालकको कपाल मुण्डन

बुधबार, १८ मङ्सिर २०७६, १२ : ०९
बुधबार, १८ मङ्सिर २०७६

बारा । गढिमाई मेलामा बुधबार स–साना बालबालिकाको कपाल मुण्डन गरिएको छ ।

छोराछोरी नहुने दम्पत्तिले गढिमाई स्थानमा भाकल गरेपछि सन्तान प्राप्ति पछि उनीहरुको कपाल मुण्डन गराउने चलन रहेको छ ।

मङ्गलबार भारत बिहार सीतामढीका वशिस्ट साहले १ वषीय छोरा आयुषको कपालको मुण्डन गराएका छन् । गढिमाई मेलामा बोकाको बलि दिएपछि उनले छोरा आयुषको कपाल मुण्डन गराएका थिए ।

उनीसँगै रौतहट ईशनाथका सुरेश यादवले पनि आफ्ना डेढ वर्षीय छोरा मोहनको टाउको मुण्डन गराए ।

प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा नेपाल र भारतका हजारौँ दम्पत्ति आ–आफ्ना सन्तानको कपाल कट्ने÷मुण्डन गराउने गर्दछन् ।

लामो समयसम्म सन्तान नभएका र छोरी मात्र भएका दम्पत्तिले गढिमाईमा भाकल गर्दछन् ।

मङ्गलबार गढिमाईमा ६ हजार राँगाको बलि दिइएको थियोे ।

बुधबारसम्म बलि दिएको सङ्ख्या ५० हजार बढी हुने अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप