शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा हुने साग प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

बुधबार, १८ मङ्सिर २०७६, १३ : ४२
बुधबार, १८ मङ्सिर २०७६

जनकपुर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जनकपुरधाममा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।

जनकपुरमा साग खेल हुने भएपछि जिर्ण रहेको कभर्डहललाई रंगरोगन गरी चिटिक्क बनाइएको छ । 

जनकपुरमा पहिलो पटक हुन लागेको साग अन्तर्गत  कुस्ती प्रतियोगिताको सबै खेल मंसिर २० गते देखि २३ गते सम्म आयोजना हुँदैछ ।

जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले खेलको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । 

प्रतियोगितालाई लक्षित गरेर खेल, पूर्वाधार, खेलाडीको सुरक्षा, पाहुनाको स्वागत आतिथ्यता, प्रचार–प्रसार, आवास व्यवस्थापन लगायतका सम्पूर्ण कार्य पूरा भएको अध्यक्ष चौधरीले बताए ।

सागको कुस्तिमा पुरुष र महिला गरी ५ देशका ७५ खेलाडीसहित अन्तराष्ट्रिय प्रशिक्षक, रेफ्रि, व्यवस्थापक गरी जम्मा १ सय २५  जना सहभागी हुने अध्यक्ष चौधरीले बताए । 

साग अन्तर्गतको कुस्ती खेलमा सहभागी हुनका लागि नेपाल र बंगलादेशबाट खेलाडीहरु जनकपुर आइसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विनोद कुमार सिंहले जानकारी दिए ।

कुस्ती खेल प्रतियोगीतामा सहभागी हुनका लागि नेपालबाट १० पुरुष, ५ महिला खेलाडी, बंगलादेशबाट १० पुरुष र १० महिला खेलाडी जनकपुरमा आईपुगेका छन् । त्यस्तै भारतबाट महिला र पुरुष गरी करिब २० जना, श्रीलंकाबाट महिला ८ र पुरुष १० जना, पाकिस्तानबाट १० जना पुरुष खेलाडी आउने भएका छन् । सबै खेलाडीहरु आज बेलुकासम्म जनकपुर आईसक्ने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप