शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङबाट बिजेता विमलालाई प्रदेशसभामा सपथ ग्रहण

बुधबार, १८ मङ्सिर २०७६, १७ : २५
बुधबार, १८ मङ्सिर २०७६

बुटवल । दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको प्रदेशसभा सदस्य उपनिर्वाचनमा निवाचित विमला कुमारी खत्री वलीले सपथ ग्रहण गरेकी छन् ।

बुधबार प्रदेश ५ प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले वलीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

प्रदेश सभा सदस्य उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको प्रदेश सभा सदस्य पदमा उनकै श्रीमती विमला कुमारी खत्रीलाई नेकपाले उमेदवार बनाएको थियो ।  

उपनिर्वाचनमा २४ हजार २ सय ८६ मत ल्याउँदै वली प्रदेश सभा सदस्यमा निवाचित भएकी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार केशवराज आचार्यलाई ५ हजार १ सय ४ मत अन्तरले पराजित गरेकी थिइन् । सपथग्रहण कार्यक्रममा नेकपा सचेत भुमीश्वर ढकाल तथा अन्य बिभिन्न दलका नेताहरु सहभागी थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप