शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंककोे नयाँ विस्तारित काउण्टर कपिलवस्तुको कृष्णनगरमा

बुधबार, १८ मङ्सिर २०७६, १९ : ०२
बुधबार, १८ मङ्सिर २०७६

कपिलवस्तु– एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि विस्तारित काउण्टरमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा कपिलवस्तुको कृष्णनगर विस्तारित काउण्टर संचालनमा ल्याएको छ । 

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. २ स्थित कृष्णनगर विस्तारित काउण्टर यही मंसीर १८ गतेबाट सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त विस्तारित काउण्टरको उद्घाटन कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले गरे । 

उक्त विस्तारित काउण्टर सञ्चालनमा आएसँगै कृष्णनगर क्षेत्रका ग्राहकहरुलाई बैकिङ्ग सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप