शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कराते : अन्तिम दिन पाकिस्तानलाई तीन तथा नेपाललाई एक स्वर्ण

बिहीबार, १९ मङ्सिर २०७६, ०७ : ३९
बिहीबार, १९ मङ्सिर २०७६

करातेको अन्तिम दिन बुधबार भएको स्पर्धामा पाकिस्तानले चार मध्य तीन स्वर्ण पदक जितेको छ । अन्तिम दिन भएको कुमुतेको पुरुष ५० किलो तौल समुहको फाइनलमा पाकिस्तानका नोमार्नन अहकमदले श्रीलंकाका थाल्पीवाला कान्काानमागेंलाई ६–५ ले हराउदै स्वर्ण पदक जिते । सो स्पर्धामा बंगलादेशका मोहम्मद सोबाज मिया र नेपालका सोनाम लामाले काश्य पदक जिते ।

महिलाको ६८ किलो भन्दा माथिको तौल समुहमा पाकिस्तानकी नर्गीसलाई ६–३ ले हराउदै स्वर्ण पदक जितिन्  । सो स्पर्धामा बंगलादेशका अबिदब सुल्ताना र श्रीलंकाकी कुल्थुंगा विजयनले काश्य पदक जिते ।

महिला टिम कुमुतेमा पाकिस्तानले बंगलादेशलाई ६–४,३–७,१४–४ ले हराउदै स्वर्ण पदक जित्यो । पाकिस्तानको टोलीमा कुल्सुम,साना,नर्गीस र साब्रा समाबेश थिए । यसैगरी, बंगलादेशको टोलीमा सीफा, प्रीया बोरेना र नाउमा समाबेश थिए । सो स्पर्धामा नेपाल र श्रीलंकाले काश्य जिते । नेपाली टोलीमा सनी तामाङ,एस्टर राइ, रिता कार्की र सुस्मीता तामाङ समावेश थिए । यसैगरी, श्रीलंकाको टोलीमा समनमाली, बन्डारा, अरुणी र अन्जली समाबेश थिए ।

पुरुष टिम कातामा श्रीलंकालाई २–२,९–५,र ५–२ ले हराउदै पाकिस्तानले स्वर्ण पदक जित्यो । पाकिस्तानी टोलीमा सादी अब्बास,नासेर अहमद,रहेमतुल्लाह,सहबाज खान,वाज मोहम्मद,अवाइस मोहम्मद र अवाइस मोहम्मद समाबेश थिए । श्रीलंकाको टोलीमा जयकोशी, धनुस्का, मेन्डीस,सानवेरन,प्रीयबर्षना,बन्डारा र  थुरुसिंगे थिए । सो स्पर्धामा नेपाल र बंगलादेशले काश्य पदक जिते । नेपाली टोलीमा मुकुन्द्र मर्हजन,राजकुमार रसाइली,सुसील पौडेल,अर्जुन बागचन,लेखनाथ मैनाली,विनोद शाक्य र दिगम्बर पन्त थिए । यसैगरी बंगलादेशको टोलीमा मोहम्मद अलामिना,मोहम्मद रामजान, मोहम्मद, अफीइरुहमेन, मोहम्मद हफीजुर रहमान, लोकमान हुसेन,हसन खान र मोहम्मद फेन्डुरेइस समाबेश थिए ।

करातेका कुल १९ स्पर्धामा नेपालले १० पाकिस्तानले ६ तथा बंगलादेशले तीन स्वर्ण पदक जिते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप