बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गल्फ : दोस्रो दिन नेपालका सुवास अगाडि

बिहीबार, १९ मङ्सिर २०७६, ०७ : ४६
बिहीबार, १९ मङ्सिर २०७६

१३औं दक्षिण एसियाली खेलक्ुद (साग) अन्तर्गत गल्फको दोस्रो दिन नेपालका सुवास तामाङले अग्रता लिएका छन् । पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा जारी प्रतियोगितामा बुधबार सुवासले ६ अन्डर ६६ खेले । ३६ होलको समाप्तिसँगै सुवासको कूल सात अन्डर एक सय ३७ स्कोर छ । दोस्रो स्थानमा नेपालकै निरज तामाङ छन् । निरजले बुधबार तीन अन्डर ६९ खेले । निरजको कूल तीन अन्डर एक सय ४१ स्कोर छ । 

पहिलो दिन शीर्ष स्थानमा रहेका सुक्रबहादुर राई तेस्रो स्थानमा झरेका छन् । सुक्रले बुधबार तीन ओभर ७५ खेले । सुक्रको कूल एक अन्डर एक सय ४३ स्कोर छ । सुक्रसँगै श्रीलंकाका चनका परेरा र एन रंगाको पनि समान एक अन्डर एक सय ४३ स्कोर बनाएका छन् । पुरुषको टिम स्पर्धामा पनि नेपाल अगाडी नै छ । नेपाली टिमको १४ अन्डर चार सय १८ स्कोर छ । दोस्रो स्थानमा रहेको श्रीलंकाको इभनपार चार सय ३२ स्कोर र तेस्रो स्थानमा रहेको बंगलादेशको दुई ओभर चार सय ३४ स्कोर छ । 

यसैगरी महिला एकलमा श्रीलंकाकी ग्रेस यातावाराले आफ्नो अग्रता कायम राखेकी छन् । बुधबार चार ओभर ७६ खेलेकी ग्रेसको कूल एक ओभर एक सय ४५ स्कोर छ । दोस्रो स्थानमा रकेही श्रीलंकाकै थुहासिनी सेल्भाथानामको कूल १६ ओभर एक सय ६० स्कोर छ । दोस्रो दिन थुहासिनीले आठ ओभर ८० खेलिन् । तेस्रो स्थानमा रहेकी बंगलादेशकी सोनिया अख्तरको कूल १८ ओभर एक सय ६२ स्कोर छ । महिलाको टिम स्पर्धामा पनि श्रीलंका अगाडि छ । टिम स्पर्धामा श्रीलंकाले १७ ओभर तीनसय पाँच स्कोर खेलेको छ । दोस्रो स्थानमा रहेको बंगलादेशको ४१ ओभर तीनसय २९ स्कोर छ । तेस्रो स्थानमा रहेको नेपालको ५४ ओभर तीनसय ४२ स्कोर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप