शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टोट्टनहामलाई युनाइटेडको झट्का

बिहीबार, १९ मङ्सिर २०७६, ०८ : ५०
बिहीबार, १९ मङ्सिर २०७६

मार्कुस रासफोर्ड चम्किएपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा  टोट्टनहाममाथि रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले टोट्टनहामलाई २–१ गोलले हरायो । यसहारले टोट्टनहामलाई नमिठो झट्का लागेको छ । जितसँगै २१ अंक बनाएको युनाइटेट टोट्टनहामलाई पछि पार्दै छैटौं स्थानमा छ । २० अंक बनाएको अठौं स्थानमा झरेको छ । टोट्टनहामले जोसे मोउरिन्होको प्रशिक्षणमा खेलेको चार खेलमा पहिलो हार खेपेको हो । 

युनाइटेडको जितमा दुवै गोल रासफोर्डले गरेका थिए । छैटौं मिनेटमा रासफोर्डले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ३९औं मिनेटमा डेल अलीले बराबरी गोल फर्काएका थिए । ४९औं मिनेटमा रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई फेरी अगाडी बढाए । त्यसपछि थप गोल नहुँदा युनाइटेडले बाजी मारेको थियो ।

बुधबार रातिनै भएको अर्को खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ गोलले हराएको छ । चेल्सीको जितमा टमी अब्राहम र मेसन माउन्टले गोल गरे । एस्टनका लागि ट्रेजग्वेस्टले एक गोल फर्काएका थिए । जितसँगै चौथो स्थानमा रहेको चेल्सीको २९ अंक छ । एस्टन १५ अंकसहित १५औं नै स्थानमा छ । अर्को खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २–१ र वल्भ्सले वेस्टहाम युनाइटेडलाई २–० गोलले पराजित गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप