शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको सम्मेलन वासिङ्टनमा शुरु

बिहीबार, १९ मङ्सिर २०७६, ०९ : ५०
बिहीबार, १९ मङ्सिर २०७६

अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष  कमल थापा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको सम्मेलनमा सहभागी भएका छन् । 

सम्मेलन बिहीबारदेखि वासिङ्टन डिसीमा शुरु भएको हो । क्यानाडाका पूर्व प्रधानमन्त्री तथा युनियनका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उदघाटन गरेका थिए । 

सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा राप्रपाका अध्यक्ष कमल थापा नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ ।

सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समिक्षा गरिनुका साथै परम्परागत मुल्य मान्यता र संस्कृतिको सम्बर्द्धनका बहुआयामिक पक्षमा समेत बिचार विमर्श हुनेछ ।
आजै वाशिंगटन डिसीमा युनियनका अध्यक्ष तथा क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्पर र पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाबीच  भेट भएको छ ।

भेटको अवसरमा विश्व राजनीतिमा देखा परेका चुनौती तथा प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनु पर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । अध्यक्ष थापाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा पार्टीका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारीको सहभागीता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप