शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्नो मजाक उडाइएको भिडियो सार्वाजनिक भएपछि ट्रम्प नाटो सम्मेलन छोट्याएर स्वेदश फर्किए

बिहीबार, १९ मङ्सिर २०७६, १२ : १६
बिहीबार, १९ मङ्सिर २०७६

एजेन्सी । ब्रिटेनमा सम्पन्न भएको ‘उत्तर एटलान्टिक सन्धी संगठन नाटो)’ को शिखर सम्मेलनका क्रममा केही विश्व नेताहरुले ट्रम्पको मजाक उडाइरहेको भिडियो क्लिप सार्वजनिक भएको छ । 

भिडियो सार्वजनिक भएपछि ट्रम्प पूर्वनिर्धारित पत्रकार सम्मेलनसमेत रद्द गरेर अमेरिका फर्किएका छन् ।

सम्मेलन सुरु हुनु अघि भीआईपी रिसेप्सनको दौरान विश्व नेताहरुबीच भएको वार्तालापलाई त्यहीँ रहेका कुनै पाहुनाले खिचेका थिए । सोही वार्तालाप नै अहिले सार्वजनिक भएको हो ।

भिडियोमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो, फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन देखिन्छन् । 

नाटो सम्मेलनका क्रममा ट्रम्प र अन्य विश्व नेताबीच कयैन विषयमा मतभेद देखिएको थियो । 

भिडियोलाई लिएर ट्रम्पले असन्तुष्टि जाहेर छन् । भिडियोमा ट्रम्पको उछितो काटिरहेका ट्रूडोलाई ट्रम्पले ‘दुई मुखे’नेताको संज्ञा दिए । 

मंगलबार साँझको भिडियोमा बोरिस जोनसन फ्रान्सका राष्ट्रपति म्याक्रोसँग तपाई ढिलो आउनु भएको हो भनेर प्रश्न गरेको सुनिन्छ । 

जवाफ दिने क्रममा म्याक्रो आफू ४० मिनेटको पत्रकार सम्मेलन गर्ने भएकाले ढिलो भएको जवाफ दिन्छन् । 

त्यसपछि म्याक्रो ब्रिटेनकी राजकुमारी एनी र डच प्रधानमन्त्री मार्क रुटसँगको भेटघाटबारे बोल्छन् ।

तर क्यामेरातर्फ पिठ्यू भएकाले उनको आवाज त्यति प्रष्ट सुनिदैंन । 

रिसेप्शनभन्दा अघि मंगलबार नै ट्रम्प र ट्रूडोबीच सौहार्दपूर्ण वैठक भएको थियो । भेटघाटपछि दुई नेताले संचारकर्मीको प्रश्नको जवाफ दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप