शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रिमियर ‘माछा माछा’लाई मिश्रित प्रतिक्रिया

बिहीबार, १९ मङ्सिर २०७६, १२ : ४९
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘माछा माछा’को बुधबार साँझ प्रिमियर भएको छ । 

कमलपोखरी स्थित बिग मुभिजनमा आयोजित प्रिमियरमा फिल्मका कलाकार र रंगपत्रकार बाहेक अन्य सेलिब्रेटीको उपस्थिति न्युन रहेको थियो ।

प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । प्रिमियरमा सहभागी अधिकांशले फिल्म ठिकै ठिकै भएको बताए । 

अपराधसँग कमेडी बिषय जोडीएको फिल्म रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले मिलेर बनाएका हुन् ।

कार्यक्रममा निर्माता दयाहाङ राइले फिल्मबाट आफूलाई ठुलो कमाई हुन्छ भन्ने आस नभएको बताए । ‘अहिले कुनै फिल्मले पनि व्यवसाय गरेको छैन’ राइले भने ‘लगानी त सुरक्षित हुन्छ होला ।’
तीन युवाले शहरिया जीवनमा स्थापित हुन रोज्ने अपराधको बाटो र त्यसमा गर्नुपर्ने संघर्ष फिल्मले कथा बनाएको छ । 

सुनिल गुरुङले निर्देशन गरेको फिल्ममा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतको अभिनय छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप