छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
काठमाडौं । नवलपरासी(पूर्व) र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका २ नमस्ते चोकस्थित सडकमा ना ६ प ८०५८ नम्बरको ट्रकले ना.३१ प २६१८ नम्बरको स्कुटरलाई बिहीबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटानामा परेर गम्भीर घाइते भएका स्कुटर चालक चितवन भरतपुर महानगरपालिका–१० का २६ वर्षीय बीरेन्द्र गिरीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार नवलपरासी गैंडाकोट नगरपालिका–४ बस्ने २१ वर्षीय आकाश सिंजालीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै डोटीमा सवारी दुर्घटनामै परेर १ जनाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका– २ बुडर जोरायलस्थित सडकमा धनगढीबाट जोरायलतर्फ जाँदै गरेको से १ च २०३९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते चालक २२ वर्षीय आश्रम थापामगरको मृत्यु भएको हो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खतिवडाको हिन्दी गीतको पुस्तक ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित
-
नेपालमा पहिलो पटक कोदोबारे अन्तर्राष्ट्रिय बहस
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
अर्नोल्ड श्वार्जनेगरको भन्दा ठूलो बाइसेप भएकी महिला, आफैँलाई भन्छिन्– ‘लेडी हल्क’
-
गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी
-
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन