शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी प्रभावितका लागि पत्रकार महासंघ कोरिया शाखाको राहत

आइतबार, ०४ भदौ २०७४, ११ : २२
आइतबार, ०४ भदौ २०७४

काठमाडौं–नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले बाढि पीडितहरुका लागि ५० हजार रुपयाँ राहत सहयोग गर्ने जनाएका छ । 


गत साता आएको भारी वर्षाले मानबिय  तथा भौतिक सम्पत्तीमा ठुलो क्षति प–याएकोले राहत स्वरुप सहयोग गर्न लागिएको शाखाले जनाएको छ ।


कोरिया शाखाका सदस्यहरुबाट संकलित रकम नेपाल पठाएको शाखा अध्यक्ष खेम कार्कीले जानकारी गराए । कार्कीले तत्कालका लागि ५० हजार रुपयां पठाइएको जानकारी गराउदै राहत संकलन जारी रहेको बताए । पत्रकार महासंघ केँन्दसंग समन्वय गरि आर्थिक रकम पिडितहरुलाई हस्तान्तरण गरिने शाखाले जनाएको छ । 


कोरिया शाखाले प्राकृतिक प्रकोप पिडितहरुको लागि सहयोग गरिदिन कोरियामा रहेका सबै नेपालीमा आग्रह गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप