बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिट भएर पनि गुमनाम ५ अभिनेत्री

बिहीबार, १९ मङ्सिर २०७६, १४ : २७
बिहीबार, १९ मङ्सिर २०७६

मुम्बई । अभिनेताको तुलनामा अभिनेत्रीको करियर बलिउडमा छोटो रहेको पाइन्छ । बलिउडमा यस्ता केही अभिनेत्री पनि छन् । जसले एक समय निकै हिट फिल्म दिएर चर्चामा रहन सफल भए । तर अहिले भने गुमनाम छन् । हिट भएर पनि गुमनाम ५ अभिनेत्री । जसको चर्चा आजको विषय हो ।

अनु अग्रवाल
महेश भट्टको फिल्म ‘आशिकी’बाट रातारात स्टार बनेकी अभिनेत्री अनु अग्रवाल अहिले बलिउडमा गुमनाम छिन् । एक दुर्घटनामा आफ्नो स्मरण शक्ति गुमाएकी उनको फिल्मी करियर उक्त दुर्घटनाले सिध्याएको हो ।

ममता कुलकर्णी

केही राम्रो फिल्ममा काम गरेकी ममता कुलकर्णीको बलिउड करियर लामो समय टिक्न सकेन । केही फिल्ममा अभिनय गरेर पनि राम्रो चर्चा पाउन सफल उनी अहिले बलिउड भन्दा बाहिर छिन् ।

सन्दली सिन्हा

सन्दलीले फिल्म तुमबिनबाट अभिनयमा परिचय बनाएकी हुन् । त्यसपछि उनले पिन्जर, तुम्हारे हवाले वतनजस्ता फिल्ममा काम गरेकी थिइन् । तर उनी अहिले बलिउड बाहिर रहेर परिवारसँग जीवन बिताइरहेकी छन् ।

नम्रता शिरोडकर 

वास्तव, पुकार, जब प्यार किसी से होता है जस्ता हिट फिल्मबाट चर्चामा रहेकी नम्रता शिरोडकर २००४ देखि बलिउडबाट टाढा रहदै आएकी छन् । साउथका सुपरस्टार महेशबाबुसँग विवाह गरेपछि उनी परिवारमै फोकस भइन् । 

प्रिया गिल 
‘सिर्फ तुम’ बाट सफलता हासिल गरेकी प्रिया गिलको फिल्मी करियर मात्र ५ बर्ष चल्यो । हिट फिल्म दिएपनि उनी अहिले बलिउडबाट बाहिर छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप