शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण

बिहीबार, १९ मङ्सिर २०७६, ०६ : ००
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ । काठमाडौंको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितिन् । उनले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक हात जितेका हुन् ।   
    
साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेका थिए ।  त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जितिन् । भारतकी प्रनिता प्रफुल सोमनले कास्य पदक हात पारिन् ।

यससँगै १३औँ सागमा नेपालले ३१ स्वर्ण पदक जितिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप