बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गौरिकाले दिलाइन् पौडीमा नेपाललाई पहिलो स्वर्ण

बिहीबार, १९ मङ्सिर २०७६, १७ : १०
बिहीबार, १९ मङ्सिर २०७६

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन्। 

बिहीबार सातदोबाटोस्थित पौडी पोखरीमा २ सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण पदक जितेकी हुन् । 

गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दूरी पूरा गरेकी थिइन्। 

नेपालले पौडीमा व्यक्तिगत स्पर्धामा सागमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो । 

यसअघि नेपालले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो । महिला दुई सय मिटर फ्री स्टाइलमा भारतले रजत तथा बङ्गलादेशले कास्य पदक जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप