करेन्ट लागेर पाल्पामा एक जनाको मृत्यु
बिहीबार, १९ मङ्सिर २०७६, १७ : ३४
बुटवल । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
पाल्पा जिल्लाको निस्दी गाउँपालिका बार्ड नम्बर ५ वेलौजीखोलास्थित राष्ट्रिय प्रशारण सामुदायिक लालीगुँरास विद्युत प्राधिकरणको मेन लाइन जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले पाल्पाका अुनसार मृत्यु हुनेमा धादिड रोलाङ्ग गाउँपालिका बार्ड नम्बर ४ बस्ने २६ बर्षका नेत्र बहादुर विसुन्के रहेका छन् । उनी ठेकेदारमाफर्त काम गर्ने त्यहाँ पुगेका थिए ।