शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पा जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

बिहीबार, १९ मङ्सिर २०७६, १७ : ५३
बिहीबार, १९ मङ्सिर २०७६

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाकै पहिचान खुलेको छ । 

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक  रैनादेवी गाउँपालिका– ५ छहराका २५ वर्षीय दिलीप बम्रेल र सहचालक  २४ वर्षीय कृष्ण कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

जीप सिद्धार्थ राजमार्गको चौबीस माइलमा सडकदेखि करीब २०० मिटर तल खसेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप