शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

बिहीबार, १९ मङ्सिर २०७६, १७ : ५३
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ । 

पाल्पाको तिनाउ गाउँपालिका-५ चौविसमाईलस्थित सडकमा बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु.१ ज ४२०९ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चालक रैनादेवी छहरा गाउँपालिका-५ बस्ने २६ वर्षीय दिलिप बम्रेल र सह-चालक रैनादेवी छहरा गाउँपालिका-४ बस्ने २५ वर्षीय कृष्ण कार्की रहेका छन् ।       

यसैगरी नबलपरासी(पूर्व)को हुप्सेकोट गाउँपालिका-५ पाङरेस्थित सडकमा ना.२८ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट  करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय बुद्ध बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बुलिनटार गाउँपालिका-६ बस्ने ५२ वर्षीय रामजी श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ । 

सर्लाहीको मलगंवा नगरपालिका-११ गम्हरियास्थित सडकमा पनि ना.४३ प ५६९१ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा पैदलयात्री गणेशिया बस्ने ६० वर्षीय धरीक्षण रामको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

धनुषा, मिथिला नगरपालिका-२ जनकपुर ढल्केवरस्थित सडकमा ज.१ त ५८८६ नम्बरको ट्याक्टरले बिहीबार बिहान ठक्कर दिँदा पैदलयात्री महोत्तरीका २७ वर्षीया संगिता ठाकुरको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक हाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप