नेटो सम्मेलनमा अल्बानियाका प्रधानमन्त्रीद्वारा सहयोगको आह्वान
टिराना । अल्बेनियाली प्रधानमन्त्री एडी रामाले मङ्गलबार लन्डनमा भइरहेको नेटो शिखर सम्मेलनमा मुलुकको भूकम्प प्रभावितका लागि सहयोग गर्न आह्वान गरेका छन् । लन्डनमा डिसेम्बर ३ र ४ मा जारी रहेको नेटो सम्मेलनमा उनले उक्त आह्वान गरेका हुन्।
अल्बानियामा गत नोभेम्बर २६ मा गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । पूर्वी युरोपको तुलनात्मक रुपमा कमजोर राष्ट्र अल्बानियालाई मद्दत गर्न प्रधानमन्त्री रामाले नेटो आबद्ध मित्र एवं सहकर्मी, राष्ट्रपति र प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
नेटो शिखर सम्मेलन लगत्तै प्रधानमन्त्री रामा इटाली प्रस्थान गर्न लागेका छन् । अल्बानिया सरकारले वित्तीय सहयोग र विज्ञ सहायताका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरिरहेको छ । अल्बानियासामु यतिठूलो विनाशलाई सम्बोधन गर्ने क्षमता नरहेको पनि सरकारले जनाएको छ ।
अल्बानियाका रक्षा मन्त्री ओल्टा झाकाले पनि सोमबार भूकम्पबाट भएको भौतिक क्षति साँच्चिकै भयानक रहेको बताएका छन् ।प्रारम्भिक विवरण अनुसार भूकम्पबाट करिब सात हजार ९०० घरहरु क्षतिग्रस्त भएका छन् । करिब ६.४ म्याग्नीच्यूडको उक्त भूकम्पबाट ५१ जनाको ज्यान गएको थियो । –एएनआई/Photo: albaniandailynews.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक