शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सनफ्लो सनफ्लावर तेल हिराको उपहार योजनामा पूजा कुमारी बैशले जितिन हिराको हार

बिहीबार, १९ मङ्सिर २०७६, १८ : ४५
बिहीबार, १९ मङ्सिर २०७६

काठमाडौं– सनफ्लो सनफ्लावर तेल “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजनाअन्तर्गत दोस्रो लक्की ड्र कार्यक्रमका विजेताहरुलाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको छ । 

नेपालगञ्ज त्रिभुवन चोक निवासी पूजा कुमारी बैशले आकर्षक हिराको हार र जनकपुर रमानन्द चोक निवासी राम विनोद रायलाई हिराको लकेट हस्तान्तरण गरिएको छ । त्यसैगरी काठमाडौं निवासी हरि प्रसाद पराजुली र मोरङ पथरी निवासी दुर्गा माया पोखरेललाई हिराको टप हस्तान्तरण गरिएको छ । 

सनफ्लो सनफ्लावर तेल हिराको हार उपहार योजनाको दोस्रो लक्की ड्र विजेताहरुको नाम यहीँ मिति २०७६÷०८÷११ गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरिएको थियो ।

के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ ।

लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप