शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको भाउ तोलामा २ सय घट्यो

आइतबार, ०४ भदौ २०७४, १२ : १५
आइतबार, ०४ भदौ २०७४

कठमाडौं–नेपाली बजारमा आईतबार सुनको भाउ तोलामा २ सय रुपैयाँ कम भएको छ । गत साताको शुक्रबार तोलाको ५५ हजार ५ सय रुपैयाँ तोकिएको छापावाल सुनको भाउ आज २ सय रुपैयाँ कम भएको हो । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ तोलाको ५५ हजार ३ सय रुपैयाँ छ । यस्तै, तेजावी सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भइरहेको छ । 
आज चाँदीको भाउ प्रतितोला ७ सय ५० रुपैयाँ छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोवार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप