१२ वर्षमै डुआनाले जितिन् रजत
बिहीबार, १९ मङ्सिर २०७६, २२ : ५४
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा १२ वर्षीया डुआना लामाले रजत पदक जितेकी छिन् । सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरीमा बिहिबार भएको महिला दुई सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दुरी दुई मिनेट ४४.६८ सेकेन्डमा पार गरिन् । यसअघि डुआनाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान समेत तोडेकी छन् ।
उनले आठौं राष्ट्रिय खेलकुदमा बनाएको दुई मिनेट ५५.०९ सेकेन्डको कीर्तिमान दुई मिनेट ४८.५७ सेकेन्डमा पूरा गर्दै फाइनलमा स्थान बनाएकी हुन् । इस स्पर्धामा स्वर्ण जितेकी भारतकी अपेक्षा फर्नान्डेसले दुई घन्टा ३८.०५ सेकेन्डमा निर्धारित दुरी पूरा गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै