बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो घटनाः छाउगोठमा २१ वर्षीया पार्वतीको मृत्यु भएपछि जेठाजु पक्राउ

शुक्रबार, २० मङ्सिर २०७६, ०८ : ३५
शुक्रबार, २० मङ्सिर २०७६

महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य बनाइएकी अछाम जिल्लाकी एक युवतीको मृत्यु भएपछि उनका जेठाजुलाई पक्राउ गरिएको छ ।

२१ वर्षीया पार्वती बुडा राउतको शव सोमबार बिहान छाउगोठ भित्र भेटिएको थियो । अत्यधिक चिसो बढेपछि उनले अघिल्लो रात सुत्ने बेला छाउगोठभित्र आगो बालेकी थिइन् । निस्सासिएका कारण उनको ज्यान गएको हो ।

‘छाउपडी प्रथा अन्तर्गत कुनै पनि व्यक्तिलाई पक्राउ गरिएको यो पहिलो घटना हो,’ अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले थोम्सन रोयटर्स फाउन्डेशनलाई बताए ।

पुलिस अधिकारी जनक शाहीका अनुसार मृतक महिलाकी २५ वर्षे जेठाजु छत्र रावतलाई पक्राउ गरिएको छ । पार्वतीलाई उनैले छाउगोठमा पठाएको आरोप लागेको छ ।

यदि उनीमाथिको आरोप ठहर भए उनलाई तीन हजार रुपैयाँ हर्जानासहित तीन महिनाको जेल सजाय हुनेछ ।

 छिमेकी डोटी जिल्लामा यसै हप्ता महिनावारीका बेला छाउगोठमा बस्न अस्विकार गर्ने प्रत्येक महिलालाई पाँच हजार इनाम दिइने घोषणा गरिएको छ । यसले महिनावारीको विषयमा जुन अन्धविश्वास छ त्यो हटाउने आशा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप