शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओस्कर पुरस्कारको भ्रम र वास्तविकता

आइतबार, ०४ भदौ २०७४, १२ : ३१
आइतबार, ०४ भदौ २०७४

ओस्कर पुरस्कारका बारेमा विश्वभरिका मानिसमा निकै ठूलो भ्रम व्याप्त छ । पुरस्कार समारोहलाई यसरी प्रस्तुत गरिन्छ मानौँ यो नै दुनियाभरीका सिनेमाको मापदण्ड हो । तर वास्तविकता के हो भने, यो पुरस्कार अमेरिकी फिल्म उद्योग हलिउडको पुरस्कार हो । जुन ‘एकेडमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’द्धारा प्रति वर्ष घोषणा गरिन्छ ।

यसको आरम्भ सन् १९२९ बाट गरिएको हो । यो पुरस्कार जम्मा २४ श्रेणीहरुमा प्रदान गर्ने गरिन्छ । जसमा एउटा श्रेणी विदेशी सिनेमाको पनि हुनेगर्छ । यही श्रेणीका आधारमा विश्वभरि नै यो सिनेमाको विश्वव्यापी पुरस्कार भएको भ्रामक धारणा पाइन्छ । तर, यदि हामीले यो पुरस्कारको गहिरिएर अध्ययन गर्ने हो भने हामीले भिन्दै कुरा थाहा पाउँछौँ । यो ८९ वर्षको इतिहासमा ओस्करद्वारा छानिएका सिनेमाहरुले हाम्रो समय र समाजको चित्र कस्तो कोरे त भनेर हेर्ने हो भने हामीलाई निराशा मात्रै हात लाग्नेछ । त्यो पनि यसको मेरुदण्ड मानिएको ‘सर्वश्रेष्ठ सिनेमा’को श्रेणीलाई आधार मानेर मूल्याङ्कन गर्दा ।

सन् १९२९ बाट आरम्भ गरिएको यो पुरस्कार वितरणले निम्त्याएको सबैभन्दा ठूलो घटना दोस्रो विश्वयुद्धको पागलपन र अन्त्य हुन लागेको युद्धमा अमेरिकी परमाणु बमको भौतिक प्रयोग हो । तर ओस्कर विजेता सिनेमाको सूची हेर्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । दोस्र्रो विश्वयुद्धलाई लिएर बनेका तीनवटै ओस्कर पुरस्कृत सिनेमा यस युद्धलाई परबाटै छोएर अन्यत्र लाग्छन् ।

सन् १९२६ को सिनेमा ‘बेस्ट इयर्स अफ आवर लाइफ्स’ होस अथवा सन् १९५७ मा बनेको ‘द ब्रिज अन द रिभर क्वाई’ दुवैले कुनै पनि युद्धको वास्तविक चित्र कोर्दैनन् । तेस्रो सिनेमा ‘सिन्डलर्स लिस्ट’ जसले वीभत्सता देखाए पनि मानवीय मूल्यहरु अझै पनि बाँकी छन् भनेर देखाउँछ । दोस्रो विश्वयुद्धमा बनेको यो वास्तवमै अद्भूत सिनेमा हो । तर यो ओस्करबाट किन पुरस्कृत भयो भने सिनेमाले अमेरिकाको कुरा कहीँ पनि गर्दैन ।

ऊ आफ्नो मानवताको खोलमा सीमित रहन चाहन्छ र जब कुनै निर्माता–निर्देशक यसभन्दा बाहिर आउने साहस गर्छ, तब ती सिनेमा ओस्करको निर्णायक मन्डलीबाट डस्टबिनमा हुर्याइन्छ । यस्तो अवस्थामा ओस्कर पुरस्कारको सूचीबाट अमेरिकाको यस बाह्य जीवनको अनुपस्थिति स्वभाविक नै लाग्छ ।

अफ्रिका केन्द्रित ओस्कर पाएको सिनेमा ‘आउट अफ अफ्रिका’ (१९८५) हावादारी सिनेमा हो भने त्यसैगरी चीनको क्रान्तिलाई लिएर बनेको ‘द लास्ट इम्पेरर’ (सन् १९८७), अमेरिका र भियतनाम युद्धलाई लिएर बनेका दुई सिनेमा– ‘डियर हन्टर’ (सन् १९७८) र ‘प्लाटुन’ ( सन् १९८६) जसले भियतनाम युद्धमा अमेरिकी सैनिकहरुको कथा बुन्छन्, यस कुराको क्लासिक उदाहरण हुन् कि ओस्कर एकेडमीको मानसिकता के हो ।

डियर हन्टर र प्लाटुन दुवै सिनेमाले अमेरिकी सैनिकहरुको जिजीविषा र सङ्घर्षको कथा सुनाउँछन् । यो सिनेमा तीनै सैनिकहरुमा केन्द्रित छन् । यी सिनेमाहरुले के कुरा देख्दै देख्दैनन् भने बाघ र बाच्छो बीच भएको युद्धमा जब बाघलाई यति घाउ लागेको छ भने बाच्छोलाई कति घाउ लागेको होला । वास्तवमा अमेरिका किन त्रसित छ भने उसले आफ्नो आँगन छोड्ने बित्तिकै ऊ भियतनाम, अफ्गानिस्तान, इराक, सिरिया, कोरियाली युद्ध जस्तै अरु युद्धको प्रश्नहरुमा आफूलाई जेलिएको पाउँछ ।

मध्यपूर्वदेखि अफ्रिकाका तानाशाहसम्म, इराकमा रासायनिक हतियार छ भन्ने झुठो प्रचारदेखि युद्धसम्म, अफगानिस्तानमा तालिवान मार्ने नाममा अस्पताल र घरहरुमा खसालिएका बमदेखि हिरोसिमा र नागासाकीमा खसालिएको परमाणु बमको हाहाकारसम्म र पृथ्वीको गर्भमा सुरक्षित तेल भण्डारदेखि अन्तरिक्षको उचाइसम्म, खुम्चिँदै गइरहेको ओजोन तहदेखि हरितगृह उत्सर्जनसम्म यो देशले जता हेरे पनि वियतनाम युद्ध र नागासाकी नै देख्छ । यही मूल कारण हो, जसले उसलाई यी विषयहरुमा अथवा बल्झिरहने यी घाउहरुमा कुनै सिनेमा बनाउँन दिँदैन ।

ऊ आफ्नो मानवताको खोलमा सीमित रहन चाहन्छ र जब कुनै निर्माता–निर्देशक यसभन्दा बाहिर आउने साहस गर्छ, तब ती सिनेमा ओस्करको निर्णायक मन्डलीबाट डस्टबिनमा हुर्याइन्छ । यस्तो अवस्थामा ओस्कर पुरस्कारको सूचीबाट अमेरिकाको यस बाह्य जीवनको अनुपस्थिति स्वभाविक नै लाग्छ । ओस्कर पुरस्कृत सिनेमाको सूची हिरोसिमा–नागासाकीमाथि खसालिएको परमाणु बम, अफ्गानिस्तान हुँदै अरबमा गरिएको हिंसा, शीत युद्ध, क्युबा, निकारागुवा हुँदै भियतनामसम्म गरिएको आम नरसंहारको कथा र छविलाई नहेरेझै गरी छोड्दै हिँड्छ ।

यसलाई बुझ्न हामीले एक पटक अमेरिकी इतिहासमाथि ध्यान दिनुपर्ने हुन्छ । इराक युद्धमाथि बनेको सिनेमा ‘हर्ट लकर’लाई हामीले लिन सक्छौँ । ओस्कर एकेडमी यहाँ पनि त्यहीँ बठ्याइँ गर्छ, जुन भियतनाम युद्धको बेलामा सन् ६० र त्यसपछिका केही दशकहरुमा प्रयोग गरिसकेको थियो । यस सिनेमालाई हेरेर तपाईंले के मात्र बुझ्न सक्नु हुन्छ भने अमेरिकी सैनिकहरुको बम डिस्पोजल टोली युद्धबाट ग्रसित मुलुकमा कसरी काम गर्छ । उनीहरुका आफ्ना कथाव्यथा के हुन् ?

त्यस्तै अर्को सिनेमा छ, जसले इतिहासलाई विकृत ढङ्गले व्याख्या गर्छ र अमेरिकी सैनिक र सरकारहरुको महिमा मण्डन गर्छ । ‘हर्ट लकर’ पछि ‘आर्गो’ त्यस्तै सिनेमा हो । जसले इरानको छवि धमिल्याउने काम गर्छ र ओस्करबाट त्यो सिनेमा पुरस्कृत हुन्छ । ओस्करको यस सूचीमा कमेडी र ऐतिहासिक सिनेमाको निकै ठूलो चाङ छ । तर यहाँको कमेडी अरुलाई लडाएर उसको दुखाइमाथि गरिने कमेडी हो ।

तर त्यही युद्धग्रस्त मुलुक इराकमा कसले युद्ध मच्चाएको हो ? त्यही युद्धग्रस्त मुलुकमा रासायनिक हतियार रहेको हल्ला कसले फिजाएको हो ? जब कि त्यो पछि झुठो सावित भयो । त्यो युद्ध र पीडाको पछिको थियो भनेर देखाउँदैन । किनभने ती सबैका पछाडि एक मात्र अमेरिका थियो । तपाईं आफै भन्नुस इराक युद्धकै कुरा गर्ने हो भने पनि तपाईंले इराक युद्धलाई कसरी हेर्न चाहनु हुन्छ ? तपाईंले एउटा बम डिस्पोजल टोलीको माध्यमबाट त्यसको वास्तविकता के हो भन्ने बुझ्न सक्नु हुन्छ ?

त्यस्तै अर्को सिनेमा छ, जसले इतिहासलाई विकृत ढङ्गले व्याख्या गर्छ र अमेरिकी सैनिक र सरकारहरुको महिमा मण्डन गर्छ । ‘हर्ट लकर’ पछि ‘आर्गो’ त्यस्तै सिनेमा हो । जसले इरानको छवि धमिल्याउने काम गर्छ र ओस्करबाट त्यो सिनेमा पुरस्कृत हुन्छ । ओस्करको यस सूचीमा कमेडी र ऐतिहासिक सिनेमाको निकै ठूलो चाङ छ । तर यहाँको कमेडी अरुलाई लडाएर उसको दुखाइमाथि गरिने कमेडी हो । रह्यो कुरा ऐतिहासिकताको त उनीहरु रोमन साम्राज्यबाट लिएर मध्ययुगीन अन्धकारसम्म गहिरो गोता भने लगाउँछन् ।

जसमा ‘बेन–हर’, ‘ग्ल्याडिएटर’, ‘ब्रेवहार्ट’ जस्ता उत्कृष्ट सिनेमाको उपस्थिति पनि छ । तर यो सूची आफ्नो समाजको रक्तिम धरातलतिर आँखा उठाएर हेर्ने प्रयास गर्दैन । यदि ‘नाइन्टिन इयर्स ए स्लेव’ जस्ता सिनेमाका माध्यमबाट यस्तो प्रयास गरिन्छ भने पनि त्यहाँ के कुरालाई ध्यान दिइन्छ भने यसको माध्यमबाट गोरा मानिसहरुको पक्ष पोषण गर्न सकियोस् । उनीहरुलाई पनि मानविय देखाउन सकियोस ।

हामीले यहीँनेर एउटा प्रश्न उठाउन सक्छौँ, अमेरिकी सिनेमा उद्योगबाट हामीले यस्ता सिनेमाहरुको अपेक्षा नै किन गर्ने ? त्यो पनि त एउटा देश नै हो । उसका पनि अरुका जस्तै आफ्ना स्वार्थहरु हुन्छन् । त्यस्तै उसका सिनेमाले दुनियाँभरिको ठेक्का किन लिऊन् । तर के अर्को पटक तपाईं सिनेमा हल जाँदा अथवा डीभीडी किन्न जाँदा अब्बास किरुस्तामी र कुरुसोवाको ‘मजिदी’, आर्सन वेल्सको ‘बेला तार’, इग्मान बर्गम्यानको ‘अल्मोडोवर’, माइकल हैंक अथवा इल्माज गुने अथवा जोल्टन फाबरीको सिनेमा हेर्ने इच्छा व्यक्त गर्नु हुन्छ ?

के तपाईं विमल राय, सत्यजित रे, अदुर गोपालकृष्णन र जाह्नु बरुवाको सिनेमा हेर्न चाहनुहन्छ ? यदि चाहनुहुन्छ भने मलाई तपाईंसँग केही पनि भन्नु छैन । यदि चाहनुहुन्न भने हामीले यो कुरा सधँै परीक्षण गरिरहनु पर्ने हुन्छ, ओस्कर पुरस्कृत सिनेमाले कस्ता सिनेमाको चित्र हाम्रा अगाडि कोर्ने गर्छन । तिनीहरुले कसरी अमेरिकी हितहरुको पक्षपोषण गर्छन् । उनीहरुलाई अमेरिकी सरकारले कसरी आफ्नो पक्षमा र अरुको विपक्षमा उभ्याउँछ ।

स्पष्ट कुरा के हो भने यदि तपाईंले सिनेमाको माध्यमबाट विश्वको चित्र कोर्न चाहनुहुन्छ भने तपार्इंले पुरै दुनियाँको सिनेमा उद्योगबाट यात्रा गर्नुपर्ने हुन्छ । त्यसका लागि मात्र हलिउड पक्कै पनि स्वास्थ्य र ज्ञानवद्र्धक छैन ।

अनुवाद : नरेश ज्ञवाली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामजी तिवारी
रामजी तिवारी

लेखक तिवारी विश्व सिनेमाका अध्येता हुन् । 
 

लेखकबाट थप