शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा भीटेनको कन्सर्ट

शुक्रबार, २० मङ्सिर २०७६, १२ : ०८
शुक्रबार, २० मङ्सिर २०७६

भक्तपुर । भक्तपुरमा चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’को कन्सर्ट हुने भएको छ । आज मंसिर २० गते शुक्रबार उनको कन्सर्ट आयोजना हुन लागेको हो ।

ममता केन्द्र नेपालको आयोजनामा महेश्वरी खेल मैदानमा हुने कन्सर्टमा विभिन्न चर्चित गायक, गायिकाको समेत प्रस्तुति रहने छ ।

भक्तपुरमा भिटेनले पहिलो पटक कन्सर्ट गर्न लागेका हुन् । कार्यक्रममा भिटेनसँगै गायक सरोज लामिछाने, संन्जिब वाइवा, अमिर दोङ, सुस्मा मोक्तान, इसेन्स ब्याड, हास्यकलाकार गोकुल तामाङ, बेली डान्सर बिनु सक्य लगायको प्रस्तुति रहने आयोजक ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप