बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एम्बुलेन्समा हालेर सिद्धबाबालाई अदालत लगियो

शुक्रबार, २० मङ्सिर २०७६, १३ : ०१
शुक्रबार, २० मङ्सिर २०७६

काठमाडौँ । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्ण गिरीमाथि शुक्रबार प्रहरीले दोस्रो पटक म्याद थप गर्दैछ । विराटनगरको विराट नर्सिङ होममा अस्पतालमा उपचाररत गिरीलाई एम्बुलेन्समार्फत जिल्ला अदालत सुनसरी लगिएको छ । 

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आईसीयूमा उपचाररत गिरीलाई अस्पताल को१च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर सुनसरीतर्फ लगिएको हो । 

आईसीयूबाट गिरीलाई ह्वीलचेयरमा ल्याएर जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माको टोलीले एम्बुलेन्समा राखेको थियो । 

यसअघि मंसिर १६ गते जिल्ला अदालत सुनसरीले पहिलोपटक चार दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो । 

पहिलो म्यादको समय सकिएपछि थप अनुसन्धानको लागि दोस्रोपटक म्याद थप गर्न लागिएको हो । 

गत कात्तिक ४ गते गिरीमाथि आफ्नै अनुयायीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीसँगै उपचाररत गिरीलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप