बैंकले महँगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकियो: अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकहरुले महँगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताएका छन् । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबार एकिकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठुलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताएका हुन् ।
उनले अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी गर्ने भन्दा मध्यकालीन र दिर्घकालीन लगानी बढाउन ध्यान दिनुपर्ने बताए । त्यसका लागि ठुलो आकारको बैंक हुँदा सहज हुने उनको भनाई थियो । उनले अल्पकालीन लगानीबाट दिगो आर्थिक विकास लिन नसकिने बताउँदै ठुलो पूँजी निर्माणका लागि ठुलो बैंक आवश्यक रहेको समेत बताए ।
उनले ठुलो बैंकले विदेशी वित्तीय संस्थाबाट पूँजी भित्र्याउने क्षमता बढाउन सक्ने उल्लेख गर्दै अब कर्मचारीको वृद्धि विकास र सूचना प्रविधिमा लगानी बढाउन समेत आग्रह गरे । उनले ठुलो बैंक भएपछि ठुलो परियोजनामा मात्र लगानी गर्ने र साना तथा मझौला उद्यमीहरुमा कर्जा प्रवाह कम गर्ने अवस्था आउन नदिन बैंकहरुले साना तथा मझौला कर्जा प्रवाह गर्ने (एसएमई) डेस्कलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले मर्जरपछि बैंकहरु ठुलो बन्दै जानु अर्थतन्त्रका लागि सकारात्मक भएको बताए । उनले बैंकहरुले प्रविधिमा लगानी बढाई पछिल्लो समय देखिएका चुनौतीलाई कम गर्नुपर्नेमा जोड दिए । गभर्नर नेपालले बैंकमा रहेका कर्मचारीलाई चेकबुक कसलाई दिनुपर्छ भन्ने सम्म थाहा नहुने अवस्था आउन नदिन क्षमतावान कर्मचारी छनोटमा ध्यान दिन आग्रह गरे ।
ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएपछि देशकै सबैभन्दा ठुलो वाणिज्य बैंक बनेको छ । ठुलो बैंकले अर्थतन्त्रमा विषेश महत्व राख्ने भन्दै अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि बैंकका अन्य सूचकहरुमा ध्यान दिन समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै