शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१० वर्षीया बालिका बलात्कार गर्ने एक पुरुष पक्राउ

शुक्रबार, २० मङ्सिर २०७६, १४ : १८
शुक्रबार, २० मङ्सिर २०७६

बुटवल । गुल्मीमा ४१ वर्षीय पुरुषले १० वर्षीया एक बालिकालाई बलात्कार गरेको घटना प्रहरीले सार्वाजानिक गरेको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ३ लोलाङ्दीका ४१ वर्षीय भोजबहादुर सार्कीले १० वर्षीया बालिका बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मिनबहादुर घलेका अनुसार बिहिवार विद्यालय जान हिँडेकी बालिकालाई निजले चलाउँदै आएको एक फर्निचरको गाडीमा राखेर स्कुल पुर्याइदिन्छु भन्दै केही बालबालिकालाई गाडीमा चढाएका थिए ।

उनले अन्य बालबालिकालाई ओरालेको  र ती बालिकालाई अन्यत्रै पुर्याएर बलात्कार गरि फकाउनका लागि ३० रुपैयाँ दिएका थिए । निजलाई हिँजै पक्राउ गरि आज अदालतमा हाजिर गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप