कपडा किन्न हिँडेकी पूजा २० दिनदेखि बेपत्ता
गुल्मी । छोरी बेपत्ता भएको दिनदेखि बिरामी आमाको अवस्था नाजुक बन्दै गएको छ । तर तिनै बेपत्ता छोरीको एक युवाले फेक आइडी बनाएर थप पीडा थपिदिएका छन् ।
घटना हो, गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर–५ रजस्थल दोबाटाको । त्यस गाउँकी १७ वर्षीया पूजा अर्याल मङ्सिर १ गते विहान सदरमुकाम तम्घासमा जाडोमा लगाउने कपडा किन्छु भन्दै घरबाट हिँडेकी थिइन् । उनी हिँडैकै दिन तम्घासको भगवती मन्दिरसम्म पुगेको एक जना छिमेकीले देखेको बताएका छन् । त्यसपछि उनको अवस्था अज्ञात छ ।
तर, उनै युवतीका नाममा एक जना युवाले फेसबुक आईडी बनाएर अनेकन लेख्दै पीडा दिने गरेको परिवारका सदस्यहरुले बताएका छन् । जसले कहिले भारतमा छु भन्ने त कहिले पूजा आर्याल नामकै आईडीबाट म जीवन र मरणको दोसाँधमा छु भनेर लेख्ने गरेका छन् ।
उक्त आइडीबाट पूजाका बाबु नारायणप्रसादले अनेकन म्यासेजहरु आउने गरेको बताए । खोजतलासका लागि प्रहरीमा उजुरी दिएको यतिका दिन बित्दा पनि प्रहरीले खासै वास्ता नगरेको गुनासो परिवारजनको छ । यस सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले आफूहरुले खोज तलासका लागि प्रयास भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै