शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महासचिव पौडेलको क्षेत्रमा पूर्वाधार विकासको सबै रकम शिक्षामा

शुक्रबार, २० मङ्सिर २०७६, १६ : ४२
शुक्रबार, २० मङ्सिर २०७६

बुटवल । रुपन्देहीबाट तीनपटक प्रतिनिधिसभामा निर्वाचित नेकपाका महासचिव विष्णु पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सम्पूर्ण बजेट शिक्षा क्षेत्रलाई छुट्याएका छन् ।  रुपन्देही क्षेत्र नम्बर २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ शतप्रतिशत शिक्षामा लगानी गरिएको छ ।

रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको संयोजकत्वमा रहने कार्यक्रम निर्देशक समितिका संयोजक तथा सांसद पूर्वअर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा बसेको बैठकले १२ वटा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रकम खर्च गर्ने निर्णय गरेको पौडेलका स्वकीय सचिव यमराज पाण्डेयले रातोपाटीलाई बताए ।

पौडेलले यसअघि मृत्युमार्ग भनेर चिनिएको बुटवलको शिद्धबावामा सुरुङ्गमार्ग  निमार्णको लागी पहल गरेर यस क्षेत्रका जनतालाई राहत दिलाएका थिए । 

रुपन्देहीका कुन–कुन विद्यालयमा बजेट 

पौडेलले यो वर्ष उक्त कार्यक्रम अन्र्तगत १२ वटा विद्यालयहरुलाई राहत मिलेको छ । रूपन्देहीको तिलोत्तमा–४ को जनज्योति मावि, बुटवल–११ को नविन औद्योगिक केदारबहादुर रिता मावि, तिलोत्तमा–६ पश्चिम पाहुनी मावि तिलोत्तमा–६ को गिर्वाण संस्कृति मावि, तिलोत्तमा–२ को जनजागृति मावि, सिद्धेश्वर लालकुमारी माविलाई ५०–५० लाख रूपैयाँ रकम विनियोजन भएको हो । 

सैनामैना–१ को पर्रोहा परमेश्वर आधारभूत विद्यालयको पूर्वाधार विकास गर्न ३५ लाख, सैनामैना–२ को कालिका तथा जनज्योति आधारभूत विद्यालयको पूर्वाधार निर्माण गर्न ५० लाख, पर्रोहा माविको ४ कोठे भवन निर्माण गर्न ६५ लाख, बुटवल–११ को नहरपुर माविलाई ५० लाख, सरस्वति मावि बुटवल–१२ लाख ५० लाख र जनता मावि बुटवल–८ लाख ५० लाख गरी विनियोजित ६ करोड रूपैयाँ विद्यालयलाई रकम र कार्यविधि बनाइँदै गरेको छ । बजेट छुट्टयाएका विद्यायलहरु कुनै नमुना विद्यालयको रुपमा समेत चिनिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप