पौडीमा गौरिकाले रचिन् इतिहास, जितिन् दोस्रो स्वर्ण (फोटोमा)
शुक्रबार, २० मङ्सिर २०७६, १७ : ४८
काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडीबाज गौरिकाले इतिहास रचेकी छिन् । गौरिका सिंहले आज भएको २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।
सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा गौरिकाले निर्धारित दुरी दुई मिनेट १७.७३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।
उनले विहिबार दुई सय मिटर फ्रि स्टाइल विधा तर्फ पनि नेपाललाई स्वर्ण पदक दिलाएकी थिईन् । योसँगै गौरिकाले १३औं सागमा दुई स्वर्ण जित्न सफल भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु