शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओपो बन्यो डीएसएस डाटाकल सपोर्ट गर्ने पहिलो ब्राण्ड, आउने बर्षमा डीएसएस सक्रिय स्मार्टफोन सार्वजनिक गर्ने

शुक्रबार, २० मङ्सिर २०७६, १९ : १४
शुक्रबार, २० मङ्सिर २०७६

 शन्चन्- ओपोले एरिक्सन, क्वालकम टेक्नोलोजिज्(क्वालकम ईनकर्पोरेटेडको सहायक), स्विसकम र टेल्स्ट्रासँगको सहकार्य मार्फत विश्वकै पहिलो डीएसएस सक्रिय फाइभजी स्मार्टफोनबाट उद्योगकै पहिलो डीएसएस (डायनामिक स्पेक्ट्रम शेयरिङ) डाटाकल सफलतापूर्वक सम्पन्न गरेको छ । 

यससँगै ओपो वैश्विकरुपमै डीएसएस सपोर्ट गर्ने पहिलो स्मार्ट उपकरण ब्राण्ड बन्न सफल भएको छ । डीएसएस प्रविधिलाई ब्यवसायिक यथार्थमा परिनत गर्ने बाटोमा यो सफलता एक कोशेढुङा समान हो । डीएसएस प्रविधिले विद्यमान फोरजी र फाइभजी फ्रिक्वेन्सी स्पेक्ट्रम्स तथा सञ्जालवाहकलाई लाभ प्रदान गराउँदै फाइभजी सेवाको ब्यापकता प्रदान गर्ने र फाइभजी अनुभवलाई अझ फैलाउन सघाउने छ ।

नोवेम्बर २९मा गरिएको सफल डीएसएस कल, क्वालकम स्न्यापड्रागन एक्स५५ मोडेम(आरएफ सिस्टमद्वारा सञ्चारित ओपो फाइभजी स्मार्टफोनबाट गरिएको थियो । कलले स्विट्जरल्याण्डको बर्न र अष्ट्रेलियाको गोल्ड कोस्टलाई एरिक्सन स्पेक्ट्रम सेयरिङ (ईएसएस) प्रविधि सहितको स्विसकम र टेल्स्ट्राको ब्यवसायिक फाएभजी सञ्जाल मार्फत जोडेको थियो । 

कलको सफलताका लागि थ्रीजीपीपी फ्रिक्वेन्सी डिभिजन ड्यूप्लेक्स (एफडीडी) ब्याण्डको प्रयोग गरिएको थियो । यसले ओपो एरिक्सन फाइभजी ज्वाइन्ट ल्याबको सफलताको प्रमाणपनि प्रस्तुत गरेको छ । फोरजीसंग तुलना गर्दा फाइभजीले उच्च गतिका साथै न्यून बिलम्बता समयका साथै भिडियोको गुणस्तरमा बृद्धि प्रदान गर्दै प्रयोगकर्तालाई अभूतपूर्व फाइभजी भिडियो कल अनुभव प्रदान गर्छ । 

ओपोका उपाध्यक्ष तथा सफ्टवेयर ईञ्जिनियरिङ बिजनेस एकाईका अध्यक्ष एण्डी वुले भने, ‘एक अग्रणी वैश्विक प्राविधिक कम्पनीका रुपमा ओपोले फाएभजीको ब्यापक ब्यवसायिकरणका लागि निकै सक्रियताका साथ काम गरिरहेको छ । डीएसएस प्रविधिको ब्यवसायिक प्रयोगका लागि एरिक्सन, क्वालकम, स्विसकम र टेल्स्ट्रासंगको हाम्रो सहकार्य फाएभजी यूगमा हाम्रो थप गहिरो सहकार्यको एक अंश हो । आउने बर्षमै डीएसएस सपोर्ट गर्ने फाइभजी स्मार्टफोन्स सार्वजनिक गर्ने ओपोको योजना छ । यसले प्रयोगकर्तालाई थप स्थिर, निर्वाध र तिब्र गतिको फाइभजी कनेक्सनका साथमा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्नेछ ।’

एरिक्सनका कार्यकारी उपाध्यक्ष र नेटवर्क प्रमुख, फ्रेड्रिक जेडलिंकले भने, ‘उद्योगमै पहिलो पटक सफलतापूर्वक आयोजित यो कार्यले फाइभजी सेवा विस्तार गर्ने तयारीमा रहेका सञ्चार सेवा प्रदायकहरुका लागि एरिक्सन स्पेक्ट्रम सेयरिङको उपायोगिता माथि थप प्रकास पार्न सहयोग गरेको छ । यथास्थित ब्याण्ड मार्फत फाइभजी सार्वजनिक गर्न, राष्ट्रब्यापीरुपमा फाइभजी सक्रिय गर्न र वैश्विकस्तरमै फाइभजी सर्वसुलभ बनाउन  यो प्रविधि आर्थिक सम्भाब्यताका हिसाबले पनि सहज छ ।’

वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष, क्वालकम ईएमईए, एन्रिको साल्भातोरीले कभरेज अबको फाइभजी किल्लर एप हो र यो सफलता, एक कोशेढुङाका साथै सर्वब्यापकी फाईभजी कभरेज तिर अग्रसर महान कदम भएको बताए । उनले डीएसएसले वैश्विक स्तरमै अपरेटर्स तथा उपभोक्तालाई प्रत्यक्ष लाभ उपलब्ध गराउँने बताए ।

फाइभजी उपलब्ध गराउन थालिएसंगै वैश्विक वायरलेस स्पेक्ट्रम संसाधनको अवस्था सञ्जालहरुका लागि अझ कठिन हुन थालेको छ । डीएसएस प्रविधि भित्रिएसंगै यसले वाहकलाई सफ्टवेयर अपग्रेड गरेकै भरमा स्पेक्ट्रमलाई बहुआयामिक तरिकाले सेयरगर्न सक्षम बनाएको छ । यसले गर्दा विद्यमान फोभरजी सञ्जाल मार्फत नै उपभोक्तालाई फाइभजी सेवा प्रदान गर्न सकिने भएको छ । 

डीएसएसले वाहकलाई ब्यापक रुपमा फाइभजी सञ्जाल मितब्ययी मूल्यमा अझ तिब्र गतिमा फैलाउन सघाउँछ । त्यसैगरी, मोबाइल प्रयोगकर्ताले डीएसएस सक्रिय सञ्जाल, डीएसएस सपोर्ट गर्ने स्मार्टफोन मार्फत फाइभजी सेवाको उपभोग गर्न सक्नेछन् ।

वैश्विक स्तरमा फाइभजी ब्यवसायिकिकरणका लागि ओपो सदैव प्रतिबद्ध छ । यस सँगै ओपोले फाएभजी मानक र प्याटेन्ट्स, उत्पादन र प्रविधिका साथै, प्रयोग अवस्था लगायतका बारेमापनि प्रशस्त अनुभव बटुली सकेको छ ।

हाल, ओपो वैश्विक पार्टनर्ससँग निकै नजिक रहेका सहकार्य गरिरहेको छ । डाटा कलको सफलताले ओपो र पार्टनर्स विच गहिरिँदै गइरहेको सहकार्यको प्रतिनिधित्व गर्छ । ओपोले स्विस्कमको साथमा यूरोपकै पहिलो ब्यवसायिक फाइभजी फोन(रेनो फाइभजी सार्वजनिक गरिसकेको छ । 

त्यसैगरी, एरिक्सनको साथमा ओपोले फाइभजी ज्वाइन्ट ल्याबको स्थापना पनि गरिसकेको छ । ओपोले आफ्ना प्रमुख औद्योगिक पार्टनर्सहरुका साथमा विश्वभर छरेर बसेका उपभोक्ताहरुलाई फाइभजी अनुभव प्रदान गर्न, वैश्विकरुपमा फाइभजी उपलब्ध गराउन आफ्नो सहकार्यलाई निरन्तरता दिइ रहने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप