शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गढीमाई मेला विगतका भन्दा शान्तिपूर्ण रुपमा सम्पन्न हुनेछ : आईजीपी खनाल

शुक्रबार, २० मङ्सिर २०७६, २१ : २८
शुक्रबार, २० मङ्सिर २०७६

बारा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सबै पक्षको सहयोगले गढीमाई मेला शन्तिपूर्ण तरिकाले सम्पन्न हुन लागेको बताएका छन् । बारा बरियारपुरस्थित गढिमाई मेलामा शुक्रबार दर्शन पश्चात सञ्चारकार्मी सँग मेला बिगतको भन्दा शान्तिपूर्ण रहयो उनले बताए ।

 नेपाल प्रहरी सशस्त्र प्रहरी ,स्थानीय प्रशासन , मेला समिती, जनप्रतिनिधि सबैको सहयोग र सक्रियताले मेलामा कुनै अप्रिय घटना नभएको आईजीपी खनालले बताए । 

गत मङ्सिर १ गतेदेखि सुरुभएको मेलामा हालसम्म ४० लाखभन्दा बढीले दर्शन गरिसकेको प्रहरीको अनुमान छ ।

गढीमाई स्थानमा ८५०० राङा र खसिगरी ५० हजर बढी बली दिइएको मेला समितिले जनाएको छ । गढिमाई मेला मङ्सिर महिनाभरी रहने गर्द्छ । गत सोमबार , मङगलवार, बुधबार सबैभन्दा बढी भिड थियो  । हाल दैनिक २० हजारभन्दा बढी भक्तजनले दर्शन गरिरहेका छन् ।

मेलामा सुरक्षाको निमित्त करिब एक हजार नेपाल नेपाल प्रहरी र सोही हाराहारी मा सशस्त्र प्रहरी खटेको बारा प्रहरी प्रवक्ता डिएसपी रन्जित सिंह राठौरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप