शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तेह्रौँ साग: बक्सिङका तीन खेलाडी सेमिफाइनलमा

शुक्रबार, २० मङ्सिर २०७६, २२ : ५५
शुक्रबार, २० मङ्सिर २०७६

ललितपुर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बक्सिङतर्फ तीन खेलाडी सेमिफाइनल प्रवेश गरेका छन् । ललितपुरको सातदोबाटोस्थित कभर्ड हलमा आज भएको प्रतिस्पर्धामा पुरुषतर्फ तीन खेलाडी सेमिफाइनलमा पुगेका हुन् । 

नेपालबाट सुशील थापामगर ४९ किलो लाइट फ्लाइमा श्रीलङ्काका नुवान कुमारालाई पराजित गरी सेमिफाइनलमा पुगेका छन् । यस्तै ६० किलो लाइट वेटमा सुनिल शाही भुटानका निमा दोर्जीलाई हराएर सेमिफाइनल प्रवेश गरे । भुपेन्द्र थापाले ६४ किलो लाइट वेटमा भुटानकै वाङ्दी दोर्जेलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाए । स्वर्ण पदकको दाबेदारका रुपमा हेरिएका दीपक श्रेष्ठ भने ७५ किलो तौलमा भारतका अङ्कित खतानासँग नकआउट भए । उनी तेस्रो बाउट खेल्ने क्रममा रिङ्मै ढलेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप