भारतीय महिला मन्त्री स्मृति इरानीको संसदमै अपमान भएपछि....
एजेन्सी । महिला सुरक्षा र मर्यादाको विषयमा तीनचार दिनदेखि भारतीय संसद भित्र (लोकसभा) चर्को बहस भैरहेको देखिन्छ । तर शुक्रबार तिनै महिलाको अपमान भएको छ ।
लोकसभामा चर्को वातावरणको बीचमा केन्द्रीय महिला तथा बाल विकास मन्त्री स्मृति ईरानी सोही विषयमा जवाफ दिन तयार भैरहाँदा दुई काँग्रेसी सांसदले यस्तो कार्य गरे जसले संसदको कार्यवाही नै स्थगित गर्नुपर्यो ।
सदनमा महिला मन्त्रीको अपमान
वास्तवमा केरलाबाट जितेका सांसदहरु टीएन प्रतापन र डीन कुरियाकोसे महिला मन्त्री इरानीको उग्र रुपमा विरोध गरेका थिए । भाजपा सदस्यहरूले यसलाई महिला मन्त्रीको अपमान भएको भन्दै माफी माग्न माग गरेका छन् ।
केन्द्रीय संसदीय कार्यमन्त्री प्रल्हाद पटेलले ती दुई सांसदहरुले तत्काल माफी माग्नुपर्ने भन्दै लोकसभा अध्यक्षलाई दबाब दिएका थिए । उनले यदि ती दुवै सदस्यहरुले सदनभित्र माफी नमागे उनीहरूलाई तत्काल निलम्बन गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ