बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोकिराखेको ट्र्याक्टरमा मोटरसाईकल ठोक्किँदा एकको मृत्यु

शनिबार, २१ मङ्सिर २०७६, ०९ : ५०
शनिबार, २१ मङ्सिर २०७६

रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । 

घोराही उपमहानगरपालिका वडा नं। ८ निवासी १९ बर्षीय रेशम वलीको उपचारका क्रममा गएराति मृत्यु भएको छ । 

मोटरसाईलकलको पछाडि सवार घोराही १० का १८ बर्षीय अमृत चौधरी घाइते भएका छन् । 

घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रारम्भीक उपचर पछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । 

दाङ जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार शुक्रवार राति साढे ९ बजेतिर तुलसीपुरवाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प १९५० नम्वरको मोटरसाईकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्वरको ट्रयाक्टरको ट्रलिमा ठोक्किएको थियो ।   

दुर्घटना लगतै दुबै घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचारका लागि लगिएको भएपनि मोटरसाईकल चालक वलीको भने उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप