कर्मचारीलाई मन्त्री अर्यालले भनिन्- ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस्
पोखरा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले आज (शनिवार) पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ गोष्ठीमा कर्मचारीलाई निर्देशन गर्दै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किनेगरी काम गर्न आग्रह गरिन् ।
कर्मचारीलाई जागिरे मानसिकताबाट माथि उठेर काम गर्न आग्रह गर्दै उनले गल्ती नगरेसी डराउनुपर्ने अवस्था नरहेको पनि उनले बताइन् ।
‘तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला परेपछि त के गर्नु त !’ मन्त्री अर्यालले भनिन्, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । हो की होइन म जान्दिन । यो कुरा मनमनै राख्नुहोला । यदि हो भने त्यस्तो गर्नु भएन । परिवर्तनको अनुभूति तपाइहरूको टेबुलबाटै देखिने हो ।’
राम्रा कर्मचारीको संरक्षण गरिने भन्दै उहाँले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताइन् । तर गलत काममा भने साथ नदिने बताइन् ।
काम गर्नेक्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन समेत मन्त्री अर्यालले आग्रह गरिन् । मन्त्री अर्यालले भनिन्, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् ! इमान्दार भएर सेवाग्राहीको सेवामा समर्पित हुनुस् ।’
मन्त्रालय नयाँ ढंगबाट अगाडी बढ्न खोजेको भन्दै उनले बेथितिका कारण कहिलेकाँही उर्जा पनि निराश हुनुपर्ने अवस्था आउने गरेको बताइन् ।
कार्यक्रममा बोल्नै मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले भूमि र नापी दुवै जग्गा व्यवस्थापनका निम्ती स्थापना गरिएको भन्दै जनतालाई सुबिधा हुनेगरी समन्वयतात्मक ढंगले काम गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का