शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शुन्य समय

शनिबार, २१ मङ्सिर २०७६, १२ : ५९
शनिबार, २१ मङ्सिर २०७६

-साकार बाबु सुबेदी

कति अजीव छन्, 
जीन्दगीका यी पाटाहरू ?
टाढै बाट भोग्नेहरू,
सजीब भएर नै सही छन्,
समीप हुनेहरू त,
अश्रुपान मै होस् गुमाउँदै छन्,
भरिने र छल्किने त 
प्याला अनि चक्षुहरू नै त हुन्,
सहिद हुन नसकेका नशा भित्र,
दिशाविहीन छन् ।

कति अनौठो छ,
म भित्रको तिम्रो लालसा पनि ?
चनौटो भित्र पटकौं घोटिएको,
श्रीखण्डको खिइसकेको अंश झैं,
कतै देवत्व लिने ईच्छा सँगै
पत्थरमा पनि लेपिईँदै छन् ।
तिमी दूर हुँदा निर्वाध घोंले,
तिम्रा स्मृतिलाई मेरा पेय सँगै,
बसाउन छाडेन कहिल्यै,
नजिक हुँदा तिम्रो सुगन्ध ।

कति कलिलो छ,
तिमी भित्र पलाएको मेरो स्नेह पनि,
मलिलो मेदिनी माझ तिमी संगै अडेको, 
वरिपरि नदेखिने आकास तत्व झैं,
पिण्डहरू जोडिनै नदिने वायु सँगै,
छद्मभेषी खेल खेल्दै छन् ।
तिमी आजित हुँदा निःस्वार्थ फालेँ,
हाम्रा मोह र अहंकारहरू लाई,
बिझाउन छाडेनन् कहिल्यै,
बेहक हक लाग्ने काँडाहरुले ।                                                          
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप