बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पदक जित्दाको खुसी ! (फोटोफिचर)

शनिबार, २१ मङ्सिर २०७६, १३ : १७
शनिबार, २१ मङ्सिर २०७६

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको म्याराथनमा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक जितेका छन् । कैलाली घर भएका उनी एपिएफमा आवद्ध छन् ।

निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उनले स्वर्ण जितेका हुन् । भारतका रासपाल सिंहलाई ४० सेकेण्डले पछि पार्दै उनले स्वर्ण हात पारेका हुन् ।

रजतमा चित्त बुझाएका भारतका सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेण्डमा दूरी पूरा गरे ।

यस्तै महिला म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी छिन् ।

उनले महिलातर्फ ४२ किलोमिटर म्याराथन दौडमा भण्डारीले रजत पदक जितेकी हुन्। भने स्वर्ण पदक विजेता श्रीलंकाकी हिरोनी केसा बनिन् । 

केसाभन्दा पुष्पा ९ः१३ सेकेण्डले पछि परी रजतमा सीमीत भएकी हुन्। भारतकी ज्योति गवातले कास्य पदक जितिन्। म्याराथनमै नेपालले एक कास्य पनि जितेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप